तरकारीवाली’ कुसुम अभिनित ‘लम्फु’को रिलिज कन्फर्म

 

भीमसेन अधिकारी
काठमाडाैँ, पुष ४ । ‘तरकारीवाली’नामले गतबर्ष परिचित भएकी अर्थात् चर्चामा आएकी कुसुम श्रेष्ठ उर्फ ‘तरकारीवाली’ डेब्यु अभिनित चलचित्र ‘लम्फु’को रिलिज डेट कन्फर्म भएको छ ।

धेरै चलचित्रबाट अफर आएपनि उनले अध्ययन लाई निरन्तरता दिने भन्दै ‘लम्फु’मा मात्र अभिनय गरेकी हुन् । ‘तरकारीवाली’बाट निकै भाइरल भएकी उनै कुसुम श्रेष्ठ उर्फ ‘तरकारीवाली’ डेब्यु अभिनित चलचित्रले उनलाई कस्तो साथ दिन्छ हेर्न बाँकी नै छ ।

फिल्ममा कुसुम संगै सलोन बस्नेत,कबिर खड्का, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, अभिनय रहेको छ ।

फिल्म अर्को बर्षको बैशाख २८ गते रिलिज हुने पक्का भएको निर्माण युनिटले जानकरी गराएको छ । निर्देशक गोपालचन्द्र लामिछानेले निर्देशन गरेको चलचित्र ‘लम्फु’ छायांकनको लागि लामो समय लागेको थियो ।

Promise Education Consultancy