देवघाटमा व्यवस्थित शवदह निर्माण गरिदैँ

चितवन, ५ पुस ।  पवित्र तीर्थस्थल देवघाटधाममा व्यवस्थित शव दाह स्थल निर्माण सुरु गरिएको छ । देवघाट क्षेत्रको चितवन तर्फको भागमा करिब चार करोड रुपैयाँको लागतमा निर्माण सुरु गरिएको हो । वर्षातको समयमा शव दाह गर्नको लागि अप्ठ्यारो पर्ने गरेकोले व्यवस्थित रुपमा शव दाह गर्नको लागि निर्माण सुरु गरिएको हो ।

देवघाट क्षेत्र विकास समितिले निर्माण सुरु गरेको व्यवस्थित शव दाह स्थललाई यसै आर्थिक वर्ष २०७४÷०७५ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । शव दाह स्थल निर्माणका लागि अनुमति लिएर त्रिशूली र नारायणी नदीको गिटी र ढुंगा प्रयोग गरिएको देवघाट क्षेत्र विकास समिति चितवनका अध्यक्ष टंकनाथ पौडेले बताए ।

शव दाहसंस्कारको लागि निर्माण गरिएको घाटलाई विद्युतीय शव गृहको रुपमा विकास गर्ने योजना रहेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । विद्युतीय शव गृह निर्माणको लागि भरतपुर महानगरपालिकाबाट बजेट छुट्याउने आश्वासन पाएको समेत समितिका अध्यक्ष टंकनाथ पौडेलको भनाइ छ ।

Promise Education Consultancy