भरतपुर महानगरको मुल गेट आसपास रिकन्डिसन हाउसको मनोमानी, फुटपाथ हटाउदाँ यता पनि हेरौँ मेयरज्यू ?

प्रकाश सिग्देल

चितवन, ५ पुस । भरतपुरको वीरेन्द्र क्याम्पस चोक देखि लायन्सचोक सम्मको सडकको दुवै किनारा रिकन्डिसन हाउसले कब्जा गरेका छन् ।
पुराना मोटरसाईकल खरिद बिक्री तथा मर्मत गर्ने दुई दर्जन बढि ओर्कसप त्यहि सडक छेउमा छन् ।
त्यस्तै हिरो तथा होन्डाको सोरुम समेत यहि सडकमै छ । भरतपुर महानगरले लायन्सचोक देखी पुलचोक सम्मको सडकको दुबै किनाराको सडक पेटिमा ब्यापार गरेको भन्दै फुट्पाथे व्यापारीको सामान जफत गरि भागाभाग बनाएको थियो ।
तर आफनै मुल गेट अगाढी लामो समयदेखि सडकको झण्डै कालोपत्रे सम्म सवारी साधन राखेर पुरै सडक किनारा कब्जा गर्ने व्यवसायीलाई कारबार्ही गर्ने कुनै आट गरेको छैन् ।
पुलचोक देखी लायन्सचोक सम्म सडक पेटी खालि हुनु पर्ने तर लायस्चोक देखी बिरेन्द्र क्याम्पस सम्मको सडकको पेटि चाहि पुरै कब्जा गरी ब्यापार गर्न पाउनु पर्ने यो कसतो नियम हो यो साना लाई एैन ठुलालाई चैन भनेजस्तै भयो ।
यो बिषयमा महानगरले तत्कालै निरिक्षण गरी सडक किनारा खाली गर्नु पर्ने उपभोक्ता अधिकार संरक्षण मन्च चितवनका उपाध्यक्ष बिष्णु भुषाले बताए ।
तीनै व्यवसायीकै कारण त्यो क्षेत्र कुरुप बनेको छ भने मर्मतका लागि राखिएका पुराना सवारी साधन र त्यसले गर्ने ध्वनी तथा वायु प्रदुषणले पौदल यात्रा तथा सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई निकै असर गरेको छ ।
यो बिषयमा बुझदा भरतपुर महानगरका प्रेस सल्लाहकार शुरेसचन्द्र अधिकारीले सडकको क्षेत्रफल भित्र कहि कसैले कुनै पनि सामाग्री प्रर्दशन गरेर व्यापार गर्न नपाउने र त्यस्ता सामान तथा साम्रागी जफत गरि कारबार्ही हुने जानकारी गराए ।

Promise Education Consultancy