विद्यालयस्तरीय ट्राफिक शिक्षा अभियान तिव्र, आज विभिन्न विद्यालयमा बोर्ड टाँगियो

 

चितवन, पुस ४ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले विद्यालयस्तरीय ट्राफिक शिक्षा अभियानलाई तिव्रता दिएको छ ।

ट्राफिक प्रहरीले आज पनि भरतपुरका विभिन्न विद्यालयहरुमा ट्राफिक चिन्ह अंिकत ठूलो बोर्ड टाँगेको छ । नारायणगढमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्मिसेसले उपलब्ध गराएको ट्राफिक चिन्ह अंिकत ठूलो बोर्ड आज भरतपुर मावि, बालकुमारी मावि, बालकुमारी कन्या मावि, आदिकवि भानुभक्त मावि, मोहना मावि, नयाँ किरण मावि, सिद्धिविनायक मावि, हिमालय निमावि, बालमन्दिर राप्राविमा टाँगिएको छ । ट्राफिक प्रमुख सन्तोष पन्त आफै उपस्थित भएर ट्राफिक चिन्ह अंिकत ठूलो बोर्ड टाँगिएको हो ।

विद्यालयस्तरीय ट्राफिक शिक्षा अन्तरगत भोली पनि भरतपुरका पश्चिम क्षेत्रका विद्यालयहरुमा ट्राफिक चिन्ह अंिकत ठूलो बोर्डहरु टाँगिने ट्राफिक प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो । उहाँले चितवनका विद्यालयहरुमा ट्राफिक शिक्षालाई जोड दिएको भन्दै यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । सोमबार भरतपुरको नारायणी नमुना उच्च माविमा ट्राफिक चिन्ह अंिकत ठूला बोर्ड राखेर ट्राफिक सचेतनाको अभियान सुरुवात गरिएको थिया ।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्मिसेसले करिव ३ लाख रुपैयाँ बराबरको ट्राफिक चिन्ह अंिकत ठूलो बोर्ड ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको थियो ।