वालवालिकाको जन्मदर्ता तीव्र

चितवन,४ पुस । रत्ननगरका विभिन्न वडामा वालवालिकाको निशुल्क जन्मदर्ता अभियान जारी रहेको छ । केही वडाहरुमा जन्मदर्ता सकिएको छ भने केही वडाहरुले जन्मदर्ता अभियानकै रुपमा सुरु गरेका छन ।

वडा नं.१६ले वालवालिकाको जन्मदर्तालाई सप्ताह व्यापी रुपमा सुरु गरेका छन । सो वडामा वडा अध्यक्ष हेमराज थापाले जन्मदर्ता अभियानको मंगलवार उद्घाटन गरे । सो वडा भित्र रहेका १३ वटा टोल विकास संस्था मार्फत वालवालिकाको जन्मदर्ता गराईने वडा अध्यक्ष थापाले जानकारी दिए ।
मंगलवार रायमाझी टोल विकास संस्थाबाट जुम्ल्याहा वालिकाहरु प्रिन्सा सिंखडा र प्रिन्सु सिंखडाको जन्मदर्ता गरी अभियान सूरु गरिएको थियो ।
त्यसैगरी वडा नं.८ मा तीन दिन सम्म सञ्चालन भएको जन्मदर्ता अभियान अन्तर्गत १२६ जना वालवालिकाको जन्मदर्ता गरिएको वडा अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।
वडा नंं.३ मा पनि वालवालिकाको जन्मदर्ता गरिएको छ । वालवालिकाको जन्मदर्ताको लागि माईकिङ गरिएको थियो ।
सो वडा कार्यालयले टोल टोलमा पुगेर वालवालिकाको जन्मदर्ता गराएको वडा अध्यक्ष गुप्तनाथ भट्टराईले जानकारी दिए ।