वालश्रम न्यूनीकरण कार्यक्रम सम्बन्धी योजना तर्जुमा गोष्ठी

चितवन, ४ पुस । रत्ननगर नगर कार्यपालिकामा सञ्चालित वालश्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत आवधिक योजना तर्जुमा गोष्ठी मंगलवार देखि सुरु भएको छ ।
दुई दिने सो गोष्ठीको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले उद्घाटन गरेका थिए । सो अबसरमा उनले रत्ननगर नगर कार्यपालिकालाई तोकिएकै समय भित्र वालमैत्री नगर बनाउन योजना बनाएर काम गर्ने बताए ।
प्रतिफल प्राप्त गर्ने गरी योजना बनाएर काम नगरे सम्म वालश्रम न्यूनीकरण कार्यक्रममले सार्थकता नपाउने भन्दै उनले त्यसका लागि अहिले भईरहेका कामहरुलाई निरन्तरता दिदै केही नयाँ कार्यक्रम थप गर्ने योजना रहेको बताए ।
कार्यक्रममा उपमेयर विमला दुवाडीले नगरभित्र रहेका वालश्रमिकहरुको उद्धार गरी उनीहरुको शिक्षा र परिवारको आयआर्जनको लागि सहयोग गर्ने गरी योजना बनाईने बताईन ।

कार्यक्रममा वालश्रम न्यूनीकरण कार्यक्रमका प्रशिक्षक सुमन ढकालले वालश्रम न्यूनीकरणको लागि नीतिगत व्यवस्था,गर्नुपर्ने प्रयास र योजनाका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा रत्ननगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगानाले नगरपालिकाको बस्तुगत अबस्था र वालश्रम न्यूनीकरणका लागि भएका कामहरुको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा मेयर,उपमेयर,वडा अध्यक्ष,कार्यपालिकाका सदस्यहरु,नगरपालिकाका विषयगत शाखाका प्रमुखहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा वाल संरक्षण र वालअधिकारका बारेमा सहभागिहरु बीच समुहगत छलफल समेत गरिएको थियो ।
गोष्ठीको अन्तिम दिन भोली बुधवार वालश्रम न्यूनीकरणको लागि रत्ननगर नगर कार्यपालिकाले गर्ने कामहरुको पञ्चबर्षिय आबधिक योजनाको खाना तयार गरिने मेयर नारायण वनले जानकारी दिए ।

Promise Education Consultancy