अध्यक्ष प्रचण्डलाई युवासंघ नेपालको बधाई ज्ञापन पत्र

काठमाडौं, ४ पुस । युवा संघ नेपालका पदाधिकारीले पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लाजिम्पाट पुगेर बधाई ज्ञापन गरेका छन् ।

आज(मंगलबार ) अपरान्ह युवा संघ नेपालका अध्यक्ष राजीव पहारीको नेतृत्वमा प्रचण्ड निवास लाजिम्पाट पुगेका युवाहरुलाई बधाई दिएकोमा अध्यक्ष प्रचण्डले धन्यवाद दिदै पहरीलाई खादा ओडाएर बधाई दिएको थिए । पहरी पनि प्रदेशमा निर्वाचित सांसद हुन ।

युवा संघका प्रतिनिधिलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘नेपालको इतिहासमा पहिलो निर्वाचन सम्पन्न भएको छ ।संघीय संरचनामा संघ र प्रदेशसहितको निर्वाचन । वाम गठबन्धन करिब दुईतिहाई नजिक छ । राष्ट्र र जनताले हाम्रो एकतालाई अनुमोदन गरी सके । पार्टी एकतालार्इ औपचारिक रुप दिन बाँकी छ र यसमा हामी प्रतिबद्ध छौं ।’

आफूहरु जीवनको उताराद्धमा पुगेकाले नेतृत्व र देश युवाहरुलाई जिम्मा लगाउने बताएदै प्रचण्डले भने, ‘हामलिे जिम्मा त तपाईहरुलाई नै लगाउने हो । हामी सम्बृद्ध, गतिशीलत र समाजवाद उन्मुख आधार तयार पारेर तपाईहरुलाई जिम्मा लगाउन चाहान्छौं ।’

युवासंघको बधाई ज्ञापनपत्र कार्यक्रममा वाइसीएल नेपालका अध्यक्ष दीपशखा पनि उपस्थिति थिए ।

Promise Education Consultancy