आजदेखि नारायणगढ र भरतपुरका सडकपेटीमा व्यवसाय गर्न रोक

चितवन,४ पुष । आज देखि नारायणगढ र भरतपुर बजार क्षेत्रका सडकपेटीम फुटपाफुटपाथ व्यावसाय गर्नमा रोक लगाएको छ । भरतपुर महानगरपालिकाले आज मंगलबारदेखि नारायणगढ र भरतपुर बजार क्षेत्रका सडकपेटीमा फुटपाथ व्यवसाय गर्न रोक लगाएको हो। जिल्ला प्रशासन कार्यालय चितवन र महानगरपालिकाले सडकलाई व्यवस्थित बनाउनका लागि सडक छेउमा गरिने व्यवसाय नगर्न सबैलाई जानकारी गराएको छ ।
सडक छेउमा व्यवसाय गर्दा सडक अव्यवस्थित भएको र फुटपाथमा यात्रा गर्ने सर्वसाधारणलाई असहज भएकोले फुटपाथ व्यवसायलाई व्यवस्थित गर्न रोक लगाइएको महानगरपालिकाले जनाएको छ । ‘फुटपाथमा व्यवसाय गर्नेहरुको लागि वैकल्पिक स्थानको खोजी गरिरहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बताउनुभयो । ‘शहरलाई व्यवस्थित बनाउँदै सुन्दर नगरी बनाउनका लागि कार्यालयले यो काम गर्न लागेको जोशीको भनाईछ ।’ महानगरपालिकाले माईकिङ् गर्दै सबैलाई जानकारी गराएको जोशीले बताउनु भयो । सडक छेउमा व्यवसाय गर्दा दुर्घटना हुने र बजारको सुन्दरता हराउने महानगरपालिकाले जनाएको छ ।
यस विषयमा सरोकारवालासँग परामर्श गर्ने काम अघि बढाइएको महानगरपालिकाले जनाएको छ । अहिले फुटपाथमा व्यवसाय गर्दै आएका व्यवसायी कति छन् भन्ने एकिन नभएपनि उनीहरुको रोजीरोटी खोस्ने काम नभई शहरलाई व्यवस्थित गर्न खोजिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताउनुभयो।