इपिएल क्रिकेट : पोखराको सानदार जित, चितवन १० विकेटले पराजित

काठमाडौ,४ पुष ।काठमाडौंमा जारी सर्वाधिक चर्चित एभरेष्ट प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तरगत पहिलो खेलमा चितवन टाईगर्स १० विकेटले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा पोखराले चितवन टाइगर्सलाई १० विकेटले पराजित गरेको हो।

चितवनले दिएको १ सय १४ रनको लक्ष्य पोखराले १७.४ ओभरमा कुनै विकेट नगुमाइ पार गर्यो। पोखराको जितमा इस्रारुल्लाहले नटआउट ६१ रन जोडे। इपिएलको पहिलो अर्धशतक प्रहार गर्ने क्रममा उनले ५२ बलमा १ चौका र ६ छक्का प्रहार गरे। अर्का ओपनर सुनील धमलाले नटआउट ४६ रन बटुले। धमलाले ५४ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ९ विकेट गुमाएर १ सय १३ रन जोड्यो। खराब सुरुवात गरेको चितवनका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ४२ रन जोडे। ऐरीले ३२ बलमा ६ चौका र १ छक्का हिर्काए। ओपनर अनिल मन्डलले ४४ बलमा ३२ रन जोडे। उनले ३ चौका र १ छक्का हिर्काए।

बलिङतर्फ पोखराका इस्रारुल्लाहले चार विकेट लिए। ताज अलीले ३ विकेट हात पार्दा विक्रम शोक र शक्ति गौचनले १–१ विकेट आफ्नो नाममा देखाए।

Promise Education Consultancy