मकवानपुरमा गाँजा कारोबारी बन्दुकसहित समातिए

मकवानपुर, ४ पुष । मकवानपुरमा बन्दुक र लागुऔषध सहित एक जना पक्राउ परेका छन् । जिल्लाको मनहरी गाउँपालिका–६ रुपाचुरी बस्ने ४२ बर्षीय सेतीलाल थिङलाई प्रहरीले अवैध लागूऔषध गाँजा १ सय किलो र १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मंगलबार थिङको घर तलासी गर्दा उक्त गाँजा र भरुवा बन्दुक बरामद भएको हो । यसैगरी सोही जिल्लाको मकवानपुरगढी गाउँपालिका–४ मनकामना बस्ने ६३ वर्षीय राम बहादुर गोलेलाई प्रहरीले सोमबार जंगलमा शिकार खेल्नको लागि भरुवा बन्दुक बोकी हिंडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको छ

Promise Education Consultancy