नवलपरासीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी पुस ४ । नवलपरासीमा बसको ठक्करवाट एक जनाको मृत्यु भएको छ । वर्दघाट नगरपालिका ४ टिसियनचोकमा गएराति पुर्ववाट पश्चिम जाँदै गरेको ना ७ ख १८५४ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिदा एक युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासले जनाएको छ । अन्दाजी २२÷ २३ वर्षका युवाकोे घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रयणमा लिएको छ ।

Promise Education Consultancy