फोर्ड गाडीको बिक्री सुभारम्भ

चितवन, ४ पुस । चितवनको भरतपुरमा फोर्ड गाडीको शोरुम सञ्चालनमा आएको छ । शोरुमको उद्घाटन पूर्व अर्थमन्त्री एवम् चितवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले गरेका हुन् ।
शोरुमको उद्घाटनसँगै पाण्डेले होण्डाई गाडीको ‘ईको स्पोर्ट’ गाडी समेत लन्च गरेका छन् । एच के मोटर्स प्रालिले सञ्चालनमा ल्याएको फोर्ड गाडीको शो रुम उद्घाटन गर्दै एमाले स्थायी कमिटि सदस्य समेत रहेका पाण्डेले व्यवसाय सञ्चालनको लागि व्यावसायिक दक्षता र संस्कारको आवश्यकता पर्ने बताए । व्यावसायिक संस्कार भए मात्रै व्यवसायमा सफलता पाइने पाण्डेको भनाइ थियो ।

व्यवसायिक संस्कार र संस्कृति नभएमा व्यवसाय अगाडि बढाउन नसकिने पाण्डेले बताए । नेपालमा व्यवसाय सञ्चालन गर्दै आएका मारवाडी समुदायमा व्यावासयिक संस्कृति भएकाले उनीहरु सफल हुँदै गएका पाण्डेको भनाइ थियो । मारवाडी समुदायका व्यक्तिको सफलताबाट उनीहरुसँग व्यावसायिक संस्कृति सबैले सिक्नुपर्ने पाण्डेले बताए ।
चितवन आर्थिक क्षेत्र विस्तार गर्न सक्ने ठाउँ भएकोले व्यवसायिक दक्षता हासिल गर्दै लगानी गरेमा सफलता पाइने बताउनुभयो ।
एच एस मोटर्स प्रालि भरतपुरले फोर्ड गाडीका विभिन्न ब्राण्डहरु बिक्री गर्दै आएकोमा सोमबारदेखि नयाँ शोरुमबाट आफ्नो कार्य शुभारम्भ गरेको हो । ईको स्पोर्ट गाडीको मूल्य ३३ लाख ९० हजार रुपैयाँदेखि माथी पर्ने एचएस मोटर्सका प्रबन्ध निर्देशक निर्देश सेढाईले बताए । उक्त गाडीमा नयाँ पुस्ताको लागि सुहाउँदो विशेषताहरु थपिएको सेढाईको भनाइ छ ।