एक्सपर्ट एजुकेशनद्धारा ट्राफिक सचेतना गराउने ३ लाख रुपैयाको सामाग्री प्रदान

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालयले विद्यालयमा ट्राफिक सचेतना र शिक्षामा जोड दिएको छ ।
भरतपुरको नारायणी नमुना उच्च माविमा ट्राफिक चिन्ह अंकित ठूला बोर्ड राखेर ट्राफिक सचेतनाको अभियान सुरुवात गरिएको छ ।
नारायणगढमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्मिसेसले उपलब्ध गराएको ट्राफिक चिन्ह अंकित ठूलो बोर्ड विद्यालयमा टाँगिएको हो ।
सो बोर्ड आजै विद्यालयमा एक कार्यक्रमकाबीच एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्मिसेस नारायणगढका निर्देशक डिल्लीराम अधिकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तलाई हस्तान्तरण गरेका हुन् ।
बालबालिकाहरुलाई सिकाउन सहज हुने र उनीह्रुबाट अभिभावकले पनि सिक्न सक्ने हुंदा विद्यालय शिक्षालाई ध्यान दिन जरुरी देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक सन्तोष पन्तले बताए
। सो क्रममा उनले विद्यार्थीहरुलाई अहिले नै ट्राफिक चिन्ह जानी राखे विश्वका जुनसुकै कुनामा पनि जाँदा काम लाग्ने भएकाले ध्यान दिएर सिक्न आग्रह गरे ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्मिसेस नारायणगढले ट्राफिक प्रहरीलाई करिव ३ लाख रुपैयाँ बराबरको ट्राफिक चिन्ह अंकित ठूलो बोर्ड र ट्राफिक व्यवस्थापनका लागि ड्रम हस्तान्तरण गरेको एक्सपर्ट नारायणगढका निर्देशक अधिकारीले जानकारी दिएका

Promise Education Consultancy