एसएच मोर्टस्को सोरुम सञ्चालन संगै फोर्ड “इको स्र्पोट” गाडी सार्वजनीक (भडियो)

चितवन, ४ पुस  । एस.एच मोटर्सले चितवनमा फोर्ड गाडीको अत्याधुनिक सुवीधा सम्पन्न सोरुम सञ्चालन संगै “इको स्र्पोट” गाडी सार्वजनिक गरेको छ । एक समारोहबीच उक्त सोरुमको उदघाट्न र गाडी सार्वजनिक गरेको हो ।
सोरुमको उद्घघाटन प्रमुख अतिथि पूर्व अर्थमन्त्री एवम् चितवन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डे र एस.एच मोटर्स प्रा.लिका प्रबन्ध निर्देशक निर्देश सेढाईले संयुक्त रुपमा गरेका थिए ।

 

ग्राहक वर्गहरुको चाहाना र मागलाई मध्यनजर गर्दै सेल्स, सर्भीस् र स्पेयर पार्टस् एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यसहित फोर्ड गाडीको अत्याधुनिक सुवीधा सम्पन्न सोरुम एचएस मोर्टस् सञ्चालन ल्याएको स.एच मोटर्स प्रा.लिका प्रबन्ध निर्देशक निर्देश सेढाईले बताए ।
कार्यक्रममा भरतपुर महानगरपालीका वडा नं १० का वडा अध्यक्ष अरुण पिडित भण्डारी, पिटुसिटु नेपालका अध्यक्ष बेल बहादुर गुरुङ, चितवन अटो मोबाईल डीलर्स एसोसिएसनका अध्यक्ष ईश्वर कुमार श्रेष्ठ लागयतले बोलेका थिए ।
सोरुम सञ्चालन संगै एस.एच मोटर्सले चितवन र आसपासका बजारलाई मध्यनजर गर्दै ईको स्र्पोटका विभिन्न मोडलका गाडीहरु बजारमा ल्याएको छ ।
बजार र ग्राहकको माग अनुसार ईको स्र्पोट गाडीहरु विगतका वर्षहरुमा अत्याधिक रुचाइएको हुनाले यसको सेवा विस्तार गरिएको हो ।
विभिन्न ७ रङहरुमा उपलब्ध रहेको ईको स्र्पोटको मुल्य ३३ लाख ९० हजारबाट माथि रहेको छ ।
बजारमा आउने साना सवारी साधनहरु मध्य इको स्पोर्ट सबै सुविधामा सस्तो गाडी रहेको सेढाई होल्डिंगस् प्रा.लिका प्रबन्ध निर्देशक निर्देश सेढाईले बताए ।
एयरव्याग्स, एबिएस वीथ इबिडि लगायत अरु गाडीहरुमा पाईने सुविधा भन्दा बढी सुविधा सहितको इकोफोर्ड गाडी उपभोक्ताले रुचाउने विश्वास लिएको सेढाईले बताए ।
कार्यक्रममा २ जना ग्राहकलाई र्फोड गाडीको चाबी हस्तान्तरण समेत गरिएको थियो । एस.एच मोटर्स प्रा.लिका प्रबन्ध निर्देशक निर्देश सेढाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चितवन अटो मोबाईल डीलर्स एसोसिएसनका कोषाध्यक्ष विमल पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । छन् ।

Promise Education Consultancy