चितवनमा सुन्तलाको उत्पादनमा कमि

चितवन, ४ पुस  । चितवन लगायत देशैभर सुन्तलाको उत्पादनमा कमि आएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।
सुन्तलामा लाग्ने हस रोगका कारण प्रत्येक वर्ष उत्पादनशिल विरुवाहरु मर्दै गएपछि उत्पादनमा कमि आएको कार्यालयले जनाएको छ ।
सुन्तला बगैचाको सरसफाई र सहि व्यवस्थापनमा किसानले ध्यान दिन नसक्दा यो रोग बढ्दै गएको जिल्ला कृषि विकास कार्यालय चितवनका बागवानि विकास अधिकृत धनबहादुर थापाले जानकारी दिए ।
सुन्तला खेतीको क्षेत्रफलमा वर्षेनी केहि हेक्टर क्षेत्रफल वृद्धि भएपनि उत्पादनमा भने कमि आउदै गएको उनले बताएका छन् ।
गतवर्ष चितवनमा २ सय ६ हेक्टरमा सुन्तला खेती भएकोमा यसवर्ष २ सय १० हेक्टर क्षेत्रफलमा खेती गरिएपनि उत्पादनमा भने केहि प्रतिशत कमि आउने देखिएको उनले बताए । गतवर्ष जम्मा २ हजार ४३ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
कात्र्तिक महिनामा यसवर्ष जम्मा १ सय ४८ मेट्रिक टन सुन्तला उत्पादन हुदा किसानहरुले ८१ लाख ४० हजार रुपैया बाराबरको कारोबार गरेको भन्दै उत्पादनमा कमि आएपनि किसानहरुले सहि र उचित भाउ पाएको उनले बताए ।
तर वार्षिक रुपमा उत्पादन घटेपछि किसानहरु चिन्तित बनेको उनले बताए । रोगसम्बन्धि विशेषज्ञको अभाव, आवश्यक मात्रामा मल उपलब्ध गराउन नसक्नुु र राज्यले ध्यान पुराउन नसक्दा पनि यो समस्या वर्षेनी बढ्दै गएको उनको भनाई छ ।
हस रोग लागेपछि विरुवाको उत्पादनमा कमि आउने,टुप्पो मर्ने र केहि वर्षपछि विरुवा मरेर जाने जस्ता लक्षणहरु देखिन्छन् ।
चितवनका तामिन, चण्डीभञ्ज्याङ, काउले र द्धारेचोक लगायतका क्षेत्र सुन्तला खेतिको लागि पकेट क्षेत्रको रुपमा चिनिन्छन् ।

Promise Education Consultancy