भरतपुर अस्पतालमा सुत्केरी बेड कम हुंदा समस्या

चितवन, ४ पुस । पर्याप्त सुत्केरी बेड नुहंदा समय समयमा केहि सुत्केरी महिलाहरुले बेड कुर्नुपरेको भरतपुर अस्पतालले जनाएको छ ।
भरतपुर अस्पतालको सुत्केरी बार्डमा १४ ओटा मात्रै एक्टिभ लेवर बेड रहेका छन् । भरतपुर अस्पतालमा दैनिक ३० देखि ३५ जनाले सुत्केरी गराने गरेको सुचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
एक्टिभ लेवर बेडमा भएका सुत्केरी बाहेक अन्य सुत्केरी एवं बच्चा बाहिर नै बस्नुपर्ने देखिएको छ । भरतपुर अस्पताले भरतपुर महानगरपालिका संग सुत्केरी वार्ड छुट्टै ब्लकमा सार्न प्रस्ताव गरेको पौडेलले वताए ।
अहिले अस्पतालको संरचनामा बि ब्लकको भुंईतलामा सुत्केरी वार्ड रहेको छ । पर्याप्त बेड नहुंदा सुत्केरी एवं बच्चाहरुलाइ जाडो याममा समस्या हुन सक्ने देखिएको छ ।
चिसो बाट बच्नका लागि स्वयं सेवाग्राहिले नै न्यानो कपडा वा जाडोबाट जोगिने बन्दोबस्त मिलाउनुपर्ने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयबाट सञ्चालन भएको न्यानो कपडा वितरण कार्यक्रम भरतपुर अस्पतालमा सञ्चालन नभएको सुचना अधिकरी पौडेलको भनाइ छ ।
उनका अनुसार भरतपुर अस्पताललाइ सुत्केरी न्यानो कपडा कार्यक्रम अन्तर्गत बजेट आएको छैन ।
चालु आर्थिक बर्ष ०७४÷७५ को कार्तिक महिना सम्ममा ५ हजार २ सय २६ महिलाले भरतपुर अस्पतालबाट सुत्केरी गराएका छन् । जाडो क्रमश बढ्दै गएपनि यस सम्बन्धिका विरामीहरु अस्पतालमा आइनपुगेको सुचना अधिकारी पौडेलले वताए ।

भरतपुर अस्पतलामा जाडोका कारण हुने दम, निमोनिया लगायतका विरामीको संख्यामा बृद्धि नभएको सुचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । अस्पतालमा अहिले दैनिक सरदर ७ सय विरामीहरुले ओपिडी सेवा लिंदै आएका छन् ।
जाडोका विरामीहरुको संख्यामा बृद्धि आएको अवस्थामा पनि अस्तपालको फार्मेसी र सामाजिक सेवा इकाईमा पर्याप्त औषधि रहेको उनले वताए ।
सरकारले ११ किसिमका लक्षित बर्गलाई सामाजिक सेवा इकाईबाट निशुल्क औषधि वितरण गर्ने गरेको छ ।

Promise Education Consultancy