सम्पादकीय : जनताको चाहना सम्बोधन गर्नुपर्छ

मंसिर १० र मंसिर २१ मा सम्पन्न प्रतिनिधिसभा र प्रदे शसभा निर्वाचनको  प्रत्यक्ष तथा समानुपातिक तर्फको  अन्तिम मत परिणाम सार्वजनिक भइसकेको  छ ।

अन्तिम मगपरिणाम अनुसार नेकपा एमाले  र माओ वादी केन्द्रको  वाम गठबन्धनले  प्रत्यक्षतर्फ दुई तिहाई बहुमत प्राप्त गरेको  छ । समानुपातिकतर्फ भने  ने पाली कांग्रेसले  झण्डै –झण्डै  एमालेको  हाराहारीमा मत प्राप्त गरेकाले  दुई तिहाईको अवस्था आउन सकेन । समग्रमा वाम गठबन्धनको  पूर्ण बहुमतको  सरकार बन्ने  भएको  छ । यो  नेपालको  राजनीतिक इतिहासकै  नयाँ घटना र नौलो  मो डको रुपमा लिन सकिन्छ ।
सन् १९९० पछि विश्वमा एकपछि अर्काे  गर्दै  कम्युनिष्ट सत्ता ढल्दै  गइरहेको  सन्दर्भमा ने पालमा जनताको  मतबाटै  कम्युनिष्टहरुले  शासन सत्ताको  वागडो र सम्हाल्ने  अवसर पाएका छन् । त्यसै ले  अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका सन्दर्भमा पनि अहिले को  निर्वाचनबाट प्राप्त जनादे शले  ठूलो  अर्थ र महत्व राख्छ ।

यसका अध्ये ताहरुलाई यो  एउटा गतिलो  विषयवस् तु वा अध्ययन सामग्री बन्न सक्छ । ने पाली जनतालाई विगत सात दशकदे खि मीठा–मीठा सपना दे खाउन थालिएको  हो  । राजनीतिक ने तृत्वले  जनतालाई झुक्याउने  र प्रयो ग गर्ने  काम धरै गरेका छन् । अब जनतालाई सपना दे खाउने  है न, परिवर्तनको  अनुभूति गराउने  हो  ।
ने पालसँगै  स् वतन्त्रता हासिल गरेका विश्वका धेरै  मुलुकहरुले  यसबीचमा ठूलो  आर्थिक सामाजिक उपलब्धि हासिल गरेका छन् तर हामी भने  संसारकै  गरिब र भिखमंगामा दरिएका छौँं । यो  अवस् थाबाट पार लगाउन नसक्ने  हो  भने  निर्वाचन जित्नुको  औचित्य सावित गर्न सकिने  छ्रै न । वाम गठबन्धनको  चुनावी घोषणापत्रमा आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाइएको  छ ।

साँच्चै आर्थिक समृद्धि हासिल गर्ने हो भने  घोषणापत्रमा उल्लेख भएका सबै  एजेण्डा एकै  पटक पूरा गर्न सकिन्न । यसका लागि स्पष्ट कार्यसूची र यो जना बनाएर प्राथमिकताक्रम निर्धारण गर्नुपर्ने  हुन्छ । जल विद्युत उत्पादनमा जो ड दिने , कृषिको  आधुनिकीकरण गर्ने , सडक विस्तार तथा स्तरो न्नति र पूर्वाधार विकासमा लगानी गरे र आत्मनिर्भरता बढाउँदै  लगियो  भने  समृद्धिको  ढोका खोल्न सकिने  छ ।
हाम्रो  जस्तो  गरिब र पछौटे  मुलुकले  उत्पादन वृद्धि नगरेसम्म समृद्धि हासिल गर्नै सक्दै न । रे मिटेन्सले  ल्याउने  समृद्धि क्षणिक हुन्छ र यसले  नागरिकलाई उपभो क्तावादी मात्र बनाउँछ ।

त्यसै ले  जलविद्युत र कृषि उत्पादन बढाउनु हाम्रो  पहिलो  प्राथमिकताभित्र पर्छ । यसले  नै  औ द्योगिकीकरण तर्फको  यात्रालाई अगाडि बढाउन मद्दत गर्छ । अब बन्ने  सरकारले  यस सम्बन्धी स् पष्ट नीति र कार्यक्रम बनाउन सक्यो  भने  पाँच वर्षभित्रै  जनताले  परिर्वतनको  अनुभूति गर्न सक्ने छन् ।

नयाँ बन्ने सरकारले जनताको मन छुने गरि विकासका काम गर्न सक्यो भने विश्वमा नै असफल हुँदै गएको कम्युनिष्ट व्यवस्था नेपालमा फाप्नेछ । अन्यथा विश्वबाट नै धराममा परेको कम्युनिष्टको नेपालीहरुले समेत विकल्प खोज्न सुरु गर्नेछन् ।

Promise Education Consultancy