नारायणगढ बजारका फुट्पाथे ब्यापारीलाई हटाईयो

चितवन, पौष ३ । चितवनको नारायणगढ बजारका फुट्पाथे ब्यापारीलाई आज जिल्ला प्रशासन कार्यालय चितवन र भरतपुर महानगर पालिकाले हटाएको छ । जिल्ला प्रशासन कार्यालयका बजार अनुगमन अधिकृत ओम नारायण शर्माको नेतृत्वमा गएको टोलीले लायन्सचोक देखी पुलचोक सम्मको सडक पेटिमा सामान राखेर ब्यवसाय गर्ने फुट्पाथे ब्यापारीलाई हटाएको हो ।

महानगर प्रहरी, नेपाल प्रहरी, उद्योग बाणिज्य संघ चितवनका प्रतिनिधि, उपभोक्ता अधिकार संरक्षण मन्चाका प्रतिनिधि लगाएतको टोलिले बजारमा अनुगमन गरेका थिए । सोमबार बजार बन्द हुने भएको बेला सडक पेटिमा सामान राखेर ब्यवसायीले अबेबस्थित तवरले ब्यापार गरेको ग’नासोको आधारमा त्यहाबाट ब्यवसायीलाई हटाएको भरतपुर महानगरले जनाएको छ । उता फुट्पाथे ब्यापारीहरु सो स्थान बाट हटेपनि उनिहरु आक्रोसीत बनेका थिए ।

उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले फुट्पाथे ब्यापारीका कारण सडक कुरुप भएको भन्दै तत्कालै फुट्पाथे ब्यापारीलाई त्यहा बाट हटाई अन्यत्र स्थान दिन पत्र काटेपछि आफुहरुले सिम्बोलिक रुपमा ति ब्यवसायीलाई त्यहाबाट हटाएको जिल्ला प्रशासन कार्यालय चितवनाक बजार अनुगमन अधिकृत शर्माले बताउनु भयो ।

उहाँले आगामी दिनमा सडक पेटीमा ब्यापार नर्गन समेत आग्रह गनर्’ भएको छ । साथै उपभोक्ता अधिकार संरक्षण मन्च चितवनका उपाध्यक्ष बिष्णु भुषालले ब्यवसायीलाई त्यहाबाट हटाएसंग्रै बिकल्प पनि दिनु पर्नेमा जोड दिनु भएको छ ।

Promise Education Consultancy