नेपालमै बजाज कम्पनीका बाइक उत्पादन सुरु,मुल्य यस्तो छ

काठमडौं, पुस ३ । नेपाल मै बजाज समूहको डिस्कभर बाइकको उत्पादन सुरु भएको छ । व्यापारिक घरनागोल्छा अर्गनाइजेशनले नवलपरासीमा बजाजको एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको हो ।

बजाजको अहिले सञ्चालनमा आएको प्लान्टबाट १२५ सीसीको बजाज डिस्कभरको उत्पादन थालिएको गोल्छा अर्गनाइजेनले जनाएको छ ।

अब डिस्कभर नेपालमै एसेम्बल्ड एकमात्रै बाइकका रुपमा रहनेछ । यसपछि पल्सर बाइकको उत्पादन पनि थाल्ने योजना गोल्छा अर्गनाइजेशनको छ ।

बजाजले नेपालमै उत्पादन थाले पनि तत्काल मूल्य भने घटबढ नहुने भएको छ । विशेष गरी सरकारले नेपालमा बाइक एसेम्बल गर्न आवश्यक कर छुटको व्यवस्था नगर्दा समस्या भएको बताइएको छ ।

अहिले कम्पनीमा दैनिक ३० वटासम्म बाइक एसेम्बल गरिँदैछ र विस्तारै संख्या बढ्ने बताइएको छ ।

झण्डै ७० करोडको लागतमा तयार भएको यो प्लान्टलाई विस्तार गरेर डेढ वर्षभित्र पल्सर बाइक पिन नेपालमै उत्पादन गर्ने तयारी कम्पनीको रहेको बताइएको छ ।

Promise Education Consultancy