उच्च रक्तचाप : यथार्थ र भ्रमहरु

 

डा. सन्तोष भुषाल

बढ्दो शहरी जिबनशैली ,अस्वस्थतकर खाना , तनाबयुक्त जिबिका , स्वास्थ प्रती को असजकता आदि विभिन्न कारणले उच्च रक्तचाप अर्थात Hypertension को बिरामीको संख्या दिननोदिन बढ्ने क्रम मा देखिन्छ ।

विशेषत बुढेसकालमा देखिने रोग भनेर चिनिने प्रेसर सुगर जस्ता रोग हरु अहिले कलिलो उमेर मा पनि प्रसस्त देखिदै गएको पाइन्छ भने यस प्रकार का रोगहरु प्रतिको जनमानसमा रहेको बुझाइले झनै प्रस्न चिन्ह लगाएको छ । बिबिन्न भ्रम र यथार्थ को बिचमा यस प्रकार का रोग हरु लाई समाज मा सहि जानकारी पुर्‍याउने कार्य अहिले अपरिहार्य जस्तो देखिन्छ ।

भ्रम न १ :

कति रक्तचाप लाई उच्च मान्ने त ?
सामान्य बुझाइ मा १२०/८० mmhg को मापन लाई हामिले सामन्य प्रेसर भनेर बुझ्दछौ तर उमेर , शरीर मा भएका रोग हरु जस्तै sugar(diabetes) हरु सङ जोडेर हेर्दा यो थोरै तल माथी सम्म सामान्य मान्न सकिन्छ ।

अन्तर्राष्ट्रिय सिद्धांत लाइ आधार मान्ने हो भने १२०/८० mmhg लाइ सामान्य प्रेसर , माथिल्लो प्रेसर १२० देखि १४० र तल्लो प्रेसर ८० देखि ९० सम्म लाई प्रेसर हुने खतरा को सुचक मानिन्छ ।

त्यस्तै १४० देखि १६० माथिल्लो प्रेसर र ९० देखि १०० तल्लो प्रेसर लाई स्टेज १ उच्च रक्तचाप मानिन्छ ।अनि माथिल्लो प्रेसर१६० भन्दा धेरै र तल्लो प्रेसर १०० भन्दा धेरै भएमा त्यसलाइ स्टेज २ उच्च रक्तचाप मानिन्छ
पुनःस्टेज १ र स्टेज २ उच्च रक्तचाप लाई औषधिको आवश्यक पर्दछ ।

भ्रम न २ :
सके सम्म प्रेसर रोग को औषधी प्रयोग गर्नु हुदैन , खाए पछि छोडनु मिल्दैन !!
प्राय जस्तो धेरै चिकित्सक हरु ले नया उच्च रक्तचाप को बिरामी लाई औषधिको प्रयोग गर्ने बेला आउने बिरामीको उत्तर यहि नै हुने गर्दछ । तर त्यो तर्क सहि होइन , हामिले औषधिको प्रयोग नगर्दा यस बाट हुने समस्या जस्तै प्यारालाइसिस , हृदयघात , मृगौला मा खराबी , प्रेसर बाट आँखामा हुने खराबी अर्थात् रेटिनोप्याथि जस्ता अनेक समस्या ले ज्यान समेत जान सक्द्छ भने चिकित्सक को सल्लाह बमोजिम गरिने औषधि को प्रयोग ले यो सबै समस्या बाट बच्न मद्दत गर्द्छ । एक पटक प्रयोग गरिएको औषधी लाई आवश्यकता अनुसार घटाउने बढाउने गर्न सकिन्छ ।

भ्रम न ३ :
एलोपेथिक भन्दा घरायसी औषधिको र आयुर्वेद नै राम्रो
सबै चिकित्सा बिधा आफैमा गौरब को बिषय हो र उत्तिकै सम्मानित छ । तर कतिपय संबेदनसिल रोग मा प्रमाणित चिकित्सा बिधा मा नै भर पर्दा ढुक्क हुन सकिन्छ ।घर मा आफुले जीवन शैली मा गरिने परिबर्तन र सन्तुलित रुपमा चिकित्सक को सल्लाह बमोजिम औषधिको प्रयोग गर्नु नै उचित हो।

भ्रम न ४ :
रोग को सहि पहिचान मा कमि
प्राय जसो बिरामीले छातीमा हुने दुखाइ मा पेट्को दुखाइ त होला भनी भ्रम मा परिदिनाले उच्च रक्तचाप , हृदयघात जस्ता समस्या बाट ज्यान को जोखिम दिन प्रती दिन बढै गएको छ ।

बिरामी ले ध्यान दिनु पर्ने कुराहरु :

१. उच्च रक्तचापका लक्षणहरु जस्तै टाउको भारी हुने , अल्छी पन हुने , मुटु को चाल तेज हुने , छाती भारी हुने , चक्कर लाग्ने समस्या देखिएमा तुरुन्तै चिकित्सक को सल्लाह मा जानू पर्दछ । धेरै जसो बिरामीमा यी मध्री कुनै समस्या नभए पनि प्रेसर को समस्या देखिने हुदा नियमित रुपमा जाँच गराउनु पर्दछ ।

२. उच्च रक्तचाप देखिए पछि हरेक बिरामिले चिकित्सक को सल्लाह बबोजिम औषधी को प्रयोग गर्नु पर्दछ ।

३. उच्च रक्तचापका बिरामिले निश्चित अबधि मा शरीर का महत्त्वपूर्ण अङ्ग का आवश्यक जाच हरु गराउनु पर्दछ ।

४. दैनिक सामान्य ब्यायामहरु गर्ने र सन्तुलित स्वस्थ खाना खाने बानिको बिकास गर्नु पर्दछ ।

५. मादक पदार्थ हरु जस्तै रक्सी , चुरोट , आदि खानु हुदैन ।

६. तनाब रहित स्वस्थ जिबन्शैली अपनाउनु पर्दछ

७. चिकित्सक को सल्लाह बिना औषधि को प्रयोग गर्ने , बन्द गर्ने वा थप घट गर्ने गर्न हुदैन ।

८. शरिरको तौल सन्तुलनमा राख्नु पर्दछ ।

Promise Education Consultancy