‘खुसी गाउँ’ बनाउँदै आमाहरू,कस्तो गाउँलाई खुसी गाउँ भन्ने ?
सौराहा अनलाइन | २०७४, ३ पुष सोमबार

बेलचौर (सुर्खेत),३ पुष । कस्तो गाउँलाई खुसी गाउँ भन्ने ? पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–८ बेलचौरका आमाहरू आफैंले त्यसका लागि दर्जन बढी सूचक बनाएका छन् । उनीहरू दुई वर्षयता गाउँलाई नै खुसी बनाउन जुटेका छन् । तिनै सूचक पूरा गरेर आगामी चैतभित्रै बेलचौर ‘खुसी गाउँ’ बन्ने उनीहरूको विश्वास छ ।
बेलचौरमा ५६ घरधुरी छन् । तीमध्ये ५३ घरधुरीका महिला बेलचौर स्वावलम्बन आमा समूहमा आबद्ध छन् । समूहकै पहलमा बेलचौर गाउँ खुसी बन्न लागेको हो । हरेक सदस्य व्यवसायमा लागेको, सबै बालबालिका स्कुल भर्ना भएको, महिला हिंसा, जातीय विभेद शून्य, बालविवाह र बहुविवाहमुक्त, हरेक घरधुरीले सरसफाइका सबै सूचक पूरा गरेको, सहकारीमा आबद्ध हुनुपर्ने लगायत मापदण्ड निर्धारण गरिएका छन् । ‘जति सूचक बनाएका छौं, तीमध्ये धेरै पूरा भइसकेको छ,’ समूहकी उपाध्यक्ष कृष्णा बोगटी भन्छिन्, ‘चैतभित्रै खुसी गाउँ घोषणा गर्ने तयारीमा छौं ।’ बेलचौरमा एउटा नारा छ, ‘खुसियाली घर, खुसियाली गाउँ ।’ घर–घरका भित्तामा यही नारा लेखिएको छ । बालविवाहविरुद्ध आमाहरूले यति आक्रामक अभियान सञ्चालन गरेका छन् कि हुनै लागेको विवाह रोकिदिन्छन् । ‘यस वर्ष मात्रै दुई जोडीको बालविवाह रोक्न सफल भयौं,’ कृष्णा भन्छिन्, ‘बेलचौरमा कसैले बालविवाह गर्ने आँटै गर्दैन ।’ जुवातास, रक्सीविरुद्धको अभियान पनि सशक्त छ । प्रहरी चौकी कुनाथरीका अनुसार बेलचौरमा मदिराकै कारण कुटपिटका घटना शून्यमा झरेका छन् । जसले पारिवारिक सम्बन्ध मजबुत बनेको आमाहरूको दाबी छ । प्रहरी हवल्दार कर्ण सिंह भन्छन्, ‘केही वर्षअघि झैं–झगडाले गावैं अशान्त हुन्थ्यो । पति–पत्नीदेखि गाउँलेबीचको झगडा प्रहरी चौकीमा नआएको दिनै हुन्थेन । अहिले गाउँ नै शान्त छ ।’आजको कान्तिपुरमा खबर छ।



सम्बन्धित शीर्षकहरु

कृषि समुहद्धारा रत्ननगरमा व्यवस्थित मासु पसल सञ्चालन २०७८, १ बैशाख बुधबार

इस्लाम धर्मावलम्बीहरूको पर्व रमजान सुरु २०७८, १ बैशाख बुधबार

भारतमा एकै दिन १ लाख ८५ हजार बढीलाई कोरोना संक्रमण २०७८, १ बैशाख बुधबार

अमेरिकी सेनाले सेप्टेम्बर ११ सम्म अफगानीस्तान छाडिसक्ने २०७८, १ बैशाख बुधबार

‘वर्ष २०७७ निरर्थक भएन, जनतामा आशा जगाउने काम गरेका छौँ’ (लाइभ) २०७८, १ बैशाख बुधबार

विक्रम बाबा मेला कोरोनाको जोखिमका कारण यस बर्ष नहुने २०७८, १ बैशाख बुधबार
मूल खबर
सबैटेकमाइण्डस नेटवर्कको शाखा अब खोलेसिमल र पदमपुरमा पनि

चितवन : पूर्वी चितवनको सबैभन्दा ठूलो इन्टरनेट सञ्जाल टेकमाइन्डस् नेटवर्क प्रालिले आफ्नो सेवा विस्तारको.....