हप्ता दिनपछि ईच्छाकामनामा विजयी-याली,जनप्रतिनिधिले घरदैलो गरि दिए धन्यावाद

चितवन,२ पुष । ईच्छाकामनामा विजयी घोषणा भएको एक हप्तापछि विजयी  -याली  गरेका छन् ।  निर्वाचित जनप्रतिनिधिहरुले निर्वाचनका बेला आफुहरुले गरेको प्रतिवद्धताहरु पुरा गर्ने बताएका छन् । चितवनको ईच्छाकामनाको वडा न ३ फिस्लिङमा विजयी कोणसभामा बोल्दै क्षेत्र न २ प्रतिनिधिसभाका निर्वाचित सांसद कृषणभक्त पोखरेल र क्षेत्र न.२ प्रदेशसभा कका सांसद घनश्याम दाहाल अविनासले निर्वाचनका बेला जनाएका प्रतिवद्धताहरु दोहो¥याउदैँ उक्त प्रतिवद्धता पुरा गरेरै छाड्ने बताएका हुन् ।


आज वडा न ३ फिस्लिङ देखि चुम्लिङटार कुरिनघाट, कुरिनटार लेवाटार केबलकार हुदैँ मुग्लिन सम्म घरदैलो तथा विजयी ¥याली निकालिएको थियो ।


साथै आजै वडा न.४ स्थित लामीडाँडाँमा पनि दुबै सासदहरु मतदातालाई धन्यावाद दिन पुगेका थिए । हिजो पनि दुबै सासदले वडा न १ र२ मा पर्ने काउले र चण्डिभञ्ज्याङ पुगेर मतदाताहरुलाई धन्यावाद दिएका थिए ।

उनिहरुलाई गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले गाउँपालिकाको कार्यालयमै स्वागत  गर्दै बधाई दिईन् । जनप्रतिनिधिलाई सर्वशान्ति मावि कुरिनटारले पनि प्रशंसा पत्र सहित स्वागत तथा बधाई दिएको विद्यालयका अध्यक्ष चन्द्रमणी सापकोटाले जानकारी दिए ।

Promise Education Consultancy