यीनै हुन् जिल्ला प्रशासनको गेटमा बसेर सेवाग्राही थकाउर्ने पुलिस,जसले भिडियो खिचेको भन्दै पत्रकारको क्यामरा खोस्ने प्रयास समेत गरे

चितवन,२ पुष । यी सशस्त्र प्रहरीका जवान जो जिल्ला प्रशासन कार्यालय चितवनको गेटमान बस्छन् । यीनले यहाँ बसेर सर्वसाधारण सेवा ग्राहीलाई धम्काउने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनको गेटमा बस्ने पुलिसले सर्वसाधारण सेवा ग्राहिलाई गाली गलोज गर्ने गरेको सेवाग्राहीहरुको गुनासो छ । कार्यालयमा सेवा लिन पुग्ने सेवा ग्राहीलाई यी शशस्त्र प्रहरीका जवानले बिभिन्न बाहाना बनाउदै गाली गर्ने गरेका हुन् । कार्यालयमा पुगेर बाहिर निस्कने क्रममा त्यहा रहेका प्रहरीका एक जवानले मोटरसाईकल भित्र किन लगेको भनि थर्काएको र अपशंद प्रयोग गरेको उपभोक्ता अधिकार संरक्षण मञ्चका उपाध्यक्ष बिष्णु भुसालले बताउनु भयो । भित्र पस्ने क्रममा सहजै प्रबेश गरेको तर बाहिर निस्कने क्रममा कार्यालयको भित्रि परिसरमा मोटरसाईकल रोकेर ति प्रहरी जवानले धम्काएको र आफुले सहायक प्रमुख जिल्ला अधिकारी नेत्र नारायण शर्मालाई फोन गरेर गुनासो गरेपछि मात्रै गाली गर्न छाडेको उहाँको भनाई छ । सो प्रहरी जवानले गालि गलोज गरेको दृश्य खिच्न खोज्दा क्यामरा खोस्ने प्रयास समेत सो प्रहरीले गरेका थिए । जनताको सेवा गर्न बसेका ति प्रहरी जवानले गुण्डागर्र्दी शैलिमा धम्काएका थिए ।ती प्रहरी जवानले आक्रोसमा आएर क्यामरा खोस्ने प्रयास गरेको यो दृश्यमा देख्न सकिन्छ । ।
मुस्कान सहितको प्रहरी सेवा भनिरहेका बेला प्रशासनको गेटमा बसेर सेवा ग्राहीलाई दुरब्यवहार गर्ने यी प्रहरी जवानलाई कारबाही हुन आवस्यक छ ।

Promise Education Consultancy