चिसो बढेपछि जनजिवन प्रभावित,जाडोले कठ्याङग्रिएर एक जनाको मृत्यु

काठमाडौं,२ पुष । चिसो बढेपछि तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ ।तराईका अधिकांश जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु लागेसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो ।

ती जिल्लामा आज दिनभर नै बाक्लो हुस्सु लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शीतलहरको औपचारिक घोषणा भने गरेको छैन । बारा, पर्सा, रौतहट, सिरहा, सप्तरीलगायतका जिल्लामा चिसो बढेसँगै त्यहाँको चहलपहल कम भएको छ ।

मानिसहरु चोकचोकमा भेला भएर आगो तापेर बसिरहेका छन् । काठमाडौं उपत्यकामा पनि निकै चिसो बढेको छ । पहाडी जिल्लाहरुमा कठ्याग्रिने जाडो बढेको छ ।

काठमाडौंमा आज न्यूतनम् तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

यसअघि हिजो काठमाडौंका न्यूतनम् तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस थियो ।

राति आकाश सफा हुनाले तापक्रम घटेको र यो क्रम अझै केही दिन जारी रहने र शून्य डिग्रीसम्म झर्ने अनुमान माशाखाले गरेको छ

जाडोले कठ्याङग्रिएर एक जनाको ज्यान गयो 

कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा जाडोले कठ्याङग्रिएर एक जनाको ज्यान गएको छ ।दुई दिनअघिदेखि बढेको अत्याधिक जाडोका कारण चन्द्रौटाको फफुरी कम्पलेक्स अगाडि परिचय नखुलेको एक व्यक्तिको ज्यान गएको हाे । दाह्री पालेका अन्दाजी ४५ वर्षय पुरुषको ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । मृतको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए ।

Promise Education Consultancy