एमाले र माओवादी केन्द्रले दिउँसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं, २ पुस । नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त पत्रकार सम्मेलन गर्ने भएको छ । पतिनिधि सभा र प्रदेश सभामा करिब करिब दुई तिहाई सिट सहित विजयी बनेको बाम गठबन्धनका घटकहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आज संयुक्त पत्रकार सम्मेलन गर्ने भएका हुन्।
निर्वाचन पश्चात पहिलोपटक आज दिउँसो ३ बजे काठमाडौंको दरबार मार्गस्थित होटल अन्नपूर्णमा गर्न लागिएको संयुक्त पत्रकार सम्मेलनमा निर्वाचनमा जनताले दिएको जनमतका आधारमा सरकार गठन, राष्ट्रिय सभा गठनमा देखिएको विवाद,नेपाली कांग्रेस नेतृत्वका सरकारले देखाएका पछिल्ल गतिविधि, नियुक्ती लगायतका विषयमा पनि स्पष्ट पारीने बताइएको छ ।

Promise Education Consultancy