रत्ननगर जेसिजमा दीपेन्द्रको नेतृत्व

चितवन, १ पुस । पूर्वी चितवनको रत्ननगर जेसिजको अध्यक्षमा दीपेन्द्र शर्मा चापागाई चयन भएको छन् ।  रत्ननगर जेसिज को १९ औ साधारण सभाबाट चापागाईको अध्यक्षतामा सर्वसहमति निर्वाचित गरेको हो ।

जसको कार्यकारिणी उपाध्यक्षमा राजु कायस्था उपाध्यक्षहरुमा हेमराज आचार्य, मोहदत्त पौडेल(सुरज), मिना उप्रेति, बाबुराम परियार चयन भएका हुन् ।
त्यस्तै निर्देशक पदमा शोभा सिम्खडा, नरहरि पुरी, प्रदिप पराजुली, दिलिप सुवेदी चयन भएका हुन् ।

रत्ननगर जेसिजका पूर्व अध्यक्ष्य विश्वास श्रेष्ठ निर्वाचन अधिकृत रहेको कार्यक्रममा भने नोमिनेसन अधिकृत पूर्व अध्यक्ष विश्वास रायमाझी रहेका थिए । त्यस्तै तालिम अधिकृतको रुपमा पूर्व अध्यक्ष योगेन्द्रनाथ अधिकारी रहेका थिए ।

यस्तै अन्तर्वार्ता अधिकृत पूर्व अध्यक्ष्य सुन्दरलाल श्रेष्ठ रहेका थिए भने, कार्यक्रमको अध्यक्षता रत्ननगर जेसिजका बर्ष २०१७ का अध्यक्ष सुरेशचन्द्र आचार्य रहेका थिए ।
रत्ननगर जेसिजका पूर्व अध्यक्ष्य पुष्पराज जोशी प्रमुख अतिथि रहेको कार्यक्रममा ३ दिन देखि विभिन्न कार्यक्रम गर्दै सञ्चालन भएको उक्त साधारण सभा पूर्व अध्यक्षहरु निरज श्रेष्ठ, रुपन राज घिमिरे, भाई काजी पन्त, बुद्धराम जोशी लगायतको उपस्थिती रहेको थियो ।

Promise Education Consultancy