यस्तो छ प्रचण्डको नयाँ डेरा ,हेरौँ दश तस्बिरमा

काठमाडौं । पाँच वर्षभन्दा बढी लाजिमपार्टको डेरामा बसेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाण्डौंबाट ललितपुर सरेका छन् । प्रचण्ड परिवारसहित शुक्रबारदेखि ललितपुर महानगरपालिकाको सातदोवाटो स्थित टिकाभैरव रोडमा डेरा सरेका हुन् ।

लाजिम्पाट स्थित पुरानाे डेराबाट  निस्कदै प्रचण्ड। शान्ति प्रकृयामर्फत खुल्ला राजनीतिमा आएपछि काठमाडौं बस्दै आएका प्रचण्डको यो तेस्रो डेरा सराई हो । शुरुमा नयाँबजारमा भाडाको घरमा बसेका प्रचण्डलाई तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सुरक्षाका कारण सर्न आग्रह गरेपछि उनले उक्त निवास छोडेका थिए । त्यसपछि उनी लाजिमपट सरे ।

लाजिम्पाट स्थित पुरानाे डेराबाट  निस्कदै प्रचण्ड।

प्रचण्ड परिवारलाई माओवादी निकट व्यवसायी शारदा अधिकारीले  नयाँ डेराको प्रवन्ध मिलाएका हुन् । समाचार दैनिकलाई प्राप्त जानकारी अनुसार प्रचण्ड बस्ने घरका घर धनीसमेत उनै अधिकारी हुन् । व्यवसायी अधिकारी माओवादीको शहीद परिवारका सदस्यसमेत हुन् । उनी लामो समयदेखि माओवादीको आन्दोलनलाई सहयोग गर्दै आएका व्यवसायी हुन् । नयाँ डेराकाे मर्मत सहार हुदै । प्रचण्ड बस्ने नयाँ घरमा चिनिया व्यवसायीहरु भाडामा बस्दै आएका थिए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड उक्त घरमा बस्ने भएपछि उनीहरु त्यहाबाट अन्त सरेका छन् । प्रचण्ड निकट उच्च स्रोतले दिएको जानकारीअनुसार छोरा प्रकाशको निधनपछि पत्नि सीताले लाजिमपाटको घर छोड्नु पर्ने माग गर्दै आएकी थिइन् ।

नयाँ डेरा सरेपछि खाली देखिएकाे पुरानाे डेरा

लाजिम्पाटको घर प्रचण्डले किनेको भन्दै उनको चर्को आलोचना भएपनि उक्त घर भाडाकै भएको पुष्टि भएको छ । प्रचण्ड परिवारले भने उक्त घर भाडामा भएको दाबी गर्दै आएको थियो । त्यही घरका कारण समेत विपक्षीहरुले उनिमाथी बेलाबेलामा आक्रमण गर्दै आएका थिए ।

                 

प्रचणडका नाती प्रसिद्द दाहाल ।

समाचार दैनिबाट

Promise Education Consultancy