खैरहनीमा स्वास्थ्य शिविर

चितवन, १ पुस । लायन्स क्लब अफ चितवन पर्सा र लियो क्लब अफ चितवन पर्साको संयुक्त्त आयोजनामा आज खैरहनी नगरपालिका वडा नम्बर ८ केयर पोल क्लिनिकको प्रांगणमा नि:शुल्क छाला शिबिर र ५० प्रतिशत छुटमा थाईराइड परिक्षण गरिएको छ ।

उक्त्त शिबिरमा छाला र थाईराइड गरि सय जना भन्दा बढीले स्वास्थ्य लाभ लिएको छ । भरतपुर अस्पतालका डा। उमेश थापा को नेतृत्वमा सो शिविर सन्चालन गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा लायन टेकराज अधिकारि र विशिष्ट अतिथिको रुपमा भोला चौधरी रहनु भएको थियो ।

बिभिन्न मानिसहरुमा छालाको समस्या नहोस् भन्ने कारणले र आर्थिक अभावका कारण छालामा समस्या लिएर बसेका स्थानीयबासीलाई राहत पु¥याउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो । लियो रुपेश भट्टले सन्चालन गर्नु भएको कार्यक्रम लियो अन्जन चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Promise Education Consultancy