नेशनल सिटीमा जिल्लामै पहिलो पटक अप्रेशन विना नै किड्नी पत्थरीको उपचार

चितवन, १ पुस । मेडिकल सिटी चितवनमा अब पहिलो पटक किड्नी पत्थरीको ईएसडब्लुएल ( ESWL ) नयाँ प्रविधिबाट उपचार सुरु भएको छ ।
अप्रेशन गर्नु पर्ने चिन्ताबाट मुक्त हुने विरामीहरुको चाहानालाई मध्येनजर गर्दै नेशनल सिटि हस्पिटल लिले यो सेवा चितवनमा नै पहिलो पटक निजि स्तरमा सेवा बिस्तार गरेको हो ।

नेशनल सिटि हस्पिटलको युरोलोजि बिभागलाई बिस्तार गर्ने क्रममा यो सेवा सुरु गरेको हो हस्पीटलका प्रबन्धक विक्रम अधिकारीले भने अब अप्रेशन गर्नु पर्ने चिन्ताबाट मुक्त्तहुने र पैसा र समय दुवैको बचत हुन जाने हुन्छ ।
यो सेवा कारण अब विरामीलृ विना चिरफार वा अप्रेशन गर्न नपनर, दुखाई र रगत जाने समस्या कम हुने र अस्पतालमा भर्ना भएर बस्न नपर्ने प्रबन्धक अधिकारीले बताए ।
चितवन र अन्य जिल्लाको चिकित्सकहरुको संयुक्त लागानीमा संचालनमा ल्याईएको हो । जसको कारणले काठमाण्डौ मात्र सेवा लिन जाने झन्झट बाट सेवा ग्राहिलाई फाईदा हुन हस्पीटलको दावी छ ।
अस्पतालले छिटै अन्य सेवाहरुमा पनि विशिष्टिकृत गरिदै लगिने अधिकारीको भनाई छ ।

Promise Education Consultancy