चितवन टाइगर्सका बिदेशी खेलाडीहरुको घोषणा

चितवन, १ पौष   एभरेष्ट प्रिमियर लिगको लागि चितवन टाइगर्सले तीनजना बिदेशी खेलाडीहरुको घोषणा गरेको छ ।काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा टिमले बिदेशी खेलाडी हरुको बारेमा जानकारी गराएको हो । बिदेशी खेलाडीहरुमा प्रबिण गुप्ता, साबेज खान र प्रमेश कुमार रहेका छन् l तिनै जना खेलाडीहरु भारतीय रहेका छन् ।

उत्तर प्रदेशका प्रबिण गुप्ताले ५३ वटा रणजी ट्रफीका क्रिकेट खेलेका छन् भने दिल्लीका साबेज खान र हरियाणाका प्रमेश कुमार घरेलु क्रिकेट प्रतियोगिता खेल्ने गर्छन ।

Promise Education Consultancy