गायक मिलन लामाले बाढी पिडितलाई घर बनाइदिए (फोटो फिचर सहित)

नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा चर्चामा रहेका गायक मिलन लामाको अर्काे परिचय समाजसेवक पनि हो । चितवनको स्थानीय बासिन्दा समेत रहेका मिलन पछिल्लो समय गीतसंगितमा भन्दा पनि समाज सेवामा बढि सक्रिय रहे । २०७४ साउन २८ र २९ गते चितवनको बाढीमा परि घरबार बिहीन भएकाहरुका लागि उनले घर बनाउने अभियानमा लागेका थिए ।

25463603_10204389002321417_88842565_n

सामाजिक सञ्जालमा मिलन होम नामको अभियान अन्तरगर्त उनले बाढीबाट घरबार बिहीन भएका बछौलीका ५ परिवारलाई पुर्नस्थापना गर्न सफल भएका छन् । लामो समयको अथक प्रयासपछि मिलनले उक्त घर निर्माण गरि हस्तान्तरण पनि गरेका छन् ।

Image may contain: 1 person, outdoor

उनले पिडित फुलमाया चौधरी , कान्छीमाया तामाङ , भगवन्तीया माझी , हिरा गुरुङ र देवी कुमाललाई घर हस्तान्तरण गरेका हुन् । घरहस्तान्तरणपछि निकै हर्षित बनेका मिलनले मिलन होम अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण व्यक्ति ,संघ सस्था र सबै शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

Image may contain: sky, house and outdoor

उनी आफै पनि उक्त बाढीबाट पिडित भएका व्यक्ति हुन् । यसरी आफनो दुखलाई थाती राखेर अरुको दुखमा मलम लगाउने मिलनको यो कार्य निकै सरहानीय छ । लामो समय यस अभियानमा लागेका मिलनले अब पुन: आफनो सांगेतिक यात्रालाई नै निरन्तरता दिने बताएका छन् ।

 

Image may contain: house, sky and outdoor

Promise Education Consultancy