वीरेन्द्र क्यामपसमा कर्मचारीको आन्दोलनको चपेटामा बिद्यार्थी

केदार शर्मा 

चितवन, १ पौष। विगत केही दिनदेखि कर्मचारीहरूको मागलाई लिएर वीरेन्द्र क्याम्पसको प्रशासनमा भएका बाधा–अवरोधले गर्दा बिद्यार्थीहरु मर्कामा परेका छन ।क्यामपसमा लामो समय सम्म कर्मचारीको संङख्या न्युन रहेको भन्दै त्रिवि कर्मचारी संघ ईकाई समिति वीरेन्द्र बहुमूखी क्यापसका कर्मचारीले गरेका आन्दोलनका काँरणले गर्द बिद्याथीहरु मर्कामा परेका हुन । त्रिवि कर्मचारी संध ईकाई समिति वीरेन्द्र बहुमूखी क्यापसका कर्मचारी संघले क्यामपसमा कर्मचारीको संङख्या न्युन हुदाँ क्यामपस प्रशासन मौन बसेको आरोप लगाउदै आँफुहरुले कर्मचारीको आपुर्ती गर्न दवाब दिनको लागी आन्दोलन गर्नु परेको कर्मचारी संघका संयोजक महेन्द्र प्रसाद अधिकारी बताए । “बिगत ५ दिन देखि आँफुहरुले क्यामपसमा केहि कामनै नगरी दबाव दियौ तर क्यामपस प्रशासनले ब्वास्था गर्यो अनि हामी कालो पट्टि बाँधेर धर्ना दिन बाध्य भएर धर्नामा बसयौ ”, उनले भने ।

 अधिकारीका अनुसार मंसिर २९ गते बाट बिहान १० बजे देखी अपराहन्न ४ बजे सम्म क्यामपस प्रशासन अगाडि कालो पट्टि बाँधि धर्ना दिएर आँफ्ना माग पुरा गर्न लागेको बताए । त्रिवि कर्मचारी संघ ईकाई समिति वीरेन्द्र बहुमूखी क्यापसका कर्मचारीहरुले क्यामपसमा भएका कर्मचारीहरु दिवाकालीन सेवामा मात्र आउनु पर्ने, बिगत लामो समय देखि दिदै आएको भत्तालाई क्यामपस प्रशासनले कटौती गर्न नहुने, मापदण्डको आधारमा कर्मचारीहरुलाई पुरस्कार र दण्डको ब्यबस्थापन गर्दै अपुग कर्मचरीलाई तत्काल नियुत्त गर्न दबाब दिदै आन्दोलन गर्दै आएका छन ।
उता वीरेन्द्र क्याम्पसका प्रमुख गोबिन्द सापकोटाले आँफुहरुले कर्मचारीका मागलाई संबोधन गर्न चाहेको बताउदै बिगत लामो समय देखी दिदै आएको  भत्ता भने दिन नसकिने बताएका छन । क्यापसले केहि बर्ष देखि कर्मचारीलाई स्तर अनुसार ३ हजार देखि ५ हजार सम्म भत्ता आँफ्नो आन्तरीक श्रोतबाट दिदै आएको थियो । “कर्मचारीलाई भत्ता दिने भनेको राम्रो काम गरेका आधारमा हो उहाँबाट त्यसतो कुनै राम्रो काम हुन सकेन त्यसैले हामीले बाध्य भएर भत्ता कटौती गर्नु पर्यो,” उनले भने ।
उहाँका अनुसार कर्मचारी कम भएको आँफुलाई पनि महसुस भएको बताउदै आँफुले कर्मचारी आपुर्ती गर्न परेका अबस्थामा तत्काल आन्दोलनमा बसेका कर्मचारीलाई नियम अनुसार कारबार्ही गर्न सक्ने समेत बताएका छन । क्यापसका कर्मचारीको आन्दोलनका काँरणले गर्दा सबै भन्दा बढी मर्का बिद्याथीहरु परेको नेपाल बिद्यार्थी संघ वीरेन्द्र क्यामपस ईकाइका सभापति आनमोल अधिकारीले जानकारी दिए । नेविसंघ वीरेन्द्र क्याम्पस इकाइ समितिले  एक प्रेस विज्ञप्ति जारी गर्दै हरेक पटक कुनै न कुनै समूहबाट नयाँ भर्ना र परीक्षा फर्म खुलेको बेला अवरोध खडा हुँदा क्याम्पसको वातावरण नै धुमिल हुन पुगेको आरोप लगाएइको छ ।
कर्मचारीहरूबाट विभिन्न माग राखी विद्यार्थीका काममा ढिलासुस्ती हुनुले नकारात्मक असर त परेको छ नै कर्मचारीतन्त्रप्रति नै शंका गर्नुपर्ने परिस्थिति सिर्जना भएको अधिकारीको भनाई छ ।नेविसंघले कर्मचारीहरूका समस्याका बारेमा क्याम्पससँग सरोकार राख्ने सबै सरोकारवालाहरू र प्रशासनले अबिलम्ब वार्ताद्वारा समाधानतर्फ अघि बढ्न समेत नेबिसंघले आह्वान गरेको छ । त्यसैगरी क्याम्पसमा उत्पन्न समस्यालाई समाधानका बाटोतर्फ यथासीघ्र लैजान क्याम्पस प्रशासनसँग जोडदार माग पनि नेविसंघले गरेको छ ।