हात्तीसंग रमाउने “चौधौ चितवन हात्ती महोत्सव”को तयारी सुरु

चितवन,१ पुष । पर्यटकीय नगरी चितवनको सौराहामा चौधौ हात्ती महोत्सव हुने भएको छ । सौराहामा आज शनिवार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराईएको हो ।
पर्यटनहरुको प्रबद्धन गर्ने अद्देयश्यले पर्यटकीय नगरि सौराहामा यही पुस ११ गते देखि १५ गते सम्म १४ औं चितवन हात्ती महोत्सव गर्न लागिएको हो ।विगतका संस्करणमा भन्दा यस पटको संस्करणमा केहि परिर्बतन गरिएको छ । समाज,संरक्षण र समृद्धि’भन्ने नाराका साथ हुने महोत्सवले सौराहाको आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नेछ। ।

अंग्रेजी नयाँ बर्षलाई मध्यनजर गरी डिसेम्वर २६ देखि ३० तारिख सम्म हुने कार्यक्रमको मुख्य आयोजक क्षेत्रीय होटल संघ चितवन सौराहा रहेको छ । भने मुख्य सह आयोजकमा युनाईटेड हात्ती हात्ती सहकारी संस्था रहेको छ ।

त्यसैगरी सहआयोजकमा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति,बाघमारा र चित्रसेन मध्यवर्ती सामुदायिक वन,रेवान सौराहा,सौराहा बचत तथा ऋण सहकारी संस्था र साना पर्यटन व्यवसायी समुह रहेका छन ।

चितवनको पर्यटकीय नगरी सौराहाको पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले आयोजना गरिएको मुख्य प्रर्बधक नेपाल पर्यटन बोर्ड रहेको छ भने संरक्षण रत्ननगर नगरपालिका रहेको छ । सो महोत्सवमा संरक्षणको क्षेत्रमा उत्कृष्ट योगदान पुरयाउने व्यक्तिहरुलाई पुरस्कृत र सम्मान समेत गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा हात्ती फाष्टवाक प्रतियोगिता २० वटा,हात्तीको छावाहरुको फुटवल प्रतियोगितामा १० वटा,हात्ती श्रृगार प्रतियोगितामा ५ वटा,हात्ती पोलो प्रतियोगितामा ८ वटा ,हात्ती पेन्टीङ प्रतियोगितामा ५ वटो,हात्ती बार्थिङ कार्यक्रममा ५ वटा हात्तीहरुलाई सहभागी गराईने महोत्सवका संयोजक दीपक भट्टराईले जानकारी दिए ।

सो महोत्सवमा प्राथमिक उपचारको लागि हात्तीका विशेषज्ञ समेत परिचालन गरिने छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतमा कार्यक्रम भएको थियो ।

Promise Education Consultancy