ईच्छाकामनामा सडक दुर्घटना हुदाँ ३ जना घाईते

चितवन, १ पौष । ईच्छाकामनामा सडक दुर्घटना हुदाँ ३ घाईते भएका छन् । काठमाडौँबाट मुग्लिन तर्फ जादैँ गरेको बा ३ ख ९५२९ माईक्रो र मुग्लिनबाट काठमाडौँ जादैँ गरेको ना ६ ख ७०५१ नम्बरको ट्रक चितवनको ईच्छाकामना गाउँपालिका वडा न ४ लेवाटारमा एकआपसमा ठोक्दिाँ ३ जना घाईते भएका हुन् ।
घाईतेहरुको स्थानिय पोलिक्लिनिकमा उपचार भईरहेको छ । अहिले ईलाका प्रहरी कार्यालयको टोली घटना स्थलमा पुगेको छ। थप विवरण आउन बाँकी छ ।

Promise Education Consultancy