मौवाखोलामा बस र ट्रक ठोक्किदाँ ४० भन्दा बढि घाईते, ३ जनाको अवस्था गम्भिर, सडक अवरुद्ध

धादिङ, १ पौष । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० मौवाखोलामा आज बिहान ट्रकले बसलाई ठक्कर दिदाँ ४० जना घाईते भएका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भीर छ ।

 

Image may contain: 8 people, crowd and outdoor

काठमाडौँबाट मुग्लिन जाँदै गरेको ना ४ ख १६७४ नम्बरको ट्रकले टिकापुरबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ४४२० नम्बरको बसलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनाका घाईतेहरुको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ । अहिले सडक अवरुद्ध छ । थप विवरण आउन बाँकी छ।

Image may contain: 2 people