प्रचण्ड लाजिम्पाटबाट खुमलटार सर्ने

काठमाडौँ, २९ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लाजिम्पाटबाट खुमलटार सर्ने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल खुमलटार सर्ने भएका छन्। लाजिम्पाटमा भाडाको घरमा बस्दै आएका दाहाल छिटै चक्रपथबाहिर रहेको ललितपुरको खुमलटार सर्न लागेको जनाइएको छ।
लाजिम्पाटमा बाटो सानो र घर साँघुरो भएकाले खुमलटार सर्न लागेको दाहालका स्वकीय सचिव जोखबहादुर महराले बताएका छन। साँघुरो बाटो भएकाले समस्या भएको थियो, भनेजस्तो घर खुमलटारमा भेटिएकाले केही सामान सारिएको छ, सबै सार्न केही समय लाग्छु उनले भने ।
खुमलटारमा दाहालले सर्न लागेको घर कसको हो र उनले कति भाडा तिर्ने हुन् भन्नेबारे केही खुलाइएको छैन। २०६३ मा शान्ति प्रक्रिया सुरु भएपछि काठमाडौं आएका दाहाल सुरुमा नयाँबजारमा भाडाको घरमा बसेका थिए। नयाँबजारको घर साँघुरो भएपछि उनी पाँच वर्षअघि लाजिम्पाट बसाइ सरेका थिए।

Promise Education Consultancy