बीना मगरको निर्वाचन क्षेत्रमा समानुपातिकमा माओवादी केन्द्र पहिलो

कञ्चनपुर, २९ मंसिर  । गएको मंसिर २१ गते भएको प्रतिनिधि र प्रदेश सभा चुनावको समानुपातिक तर्फ कञ्चनपुर क्षेत्र नं १ मा सबैभन्दा बढी मत नेकपा माओवादी केन्द्रले पाएकाे छ ।

उक्त क्षेत्रमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मोओवादी नेतृ बीना मगर प्रतिस्पर्धी भन्दा दोब्बर मतले विजयी भएकी थिइन ।

उक्त क्षेत्रमा जम्मा ६३ हजार ४१६ मत खसेकोमा प्रतिनिधिसभा तर्फ नेकपा माओवादी केन्द्रले १९ हजार ०१३ मत प्राप्त गरेर पहिलो भएको छ । भने नेपाली कांग्रेसले १६ हजार ७५३ मत ल्याई दोस्रो भएको छ । १५ हजार ८४५ मत प्राप्त गरी नेकपा एमाले तेस्रो भएको छ ।

त्यसैगरी प्रदेशसभातर्फ माओवादी केन्द्रले १७ हजार ०१७, एमालेले १५ हजार ८३१ र कांग्रेसले १५ हजार २४९ पाएका छन् ।