वीरगंज पुगेर माधव नेपालले भने – प्रधानमन्त्री को बन्ने अझै टुंगो लागेको छैन

वीरगंज २९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधनव नेपालले बाम सरकारको नेतृत्व कसले गर्ने विषयमा हाल सम्म दुबै पार्टी वीच टुगो नलागेको बताएका छन् ।वीरगंजमा प्रेस चौतारी र प्रेस सेन्टर पर्साले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले बाम गठबन्धनले बहुमतको सरकार बनाउने निश्चित भए तापनि कसको नेतृत्वमा सरका बन्ने विषयमा हाल सम्म कुनै किसिमको छलफल नभएको र को प्रधानमन्त्री हुने विषयमा टुगो नलागेको उनले बताए ।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने चर्चा चलिरहदा हाल सम्म कसैको विषयमा बाम गठबन्धनका नेता वीच छलफल नभएको उनले बताए । सञ्चारकर्मीले बाम गठबन्धन किन आवश्यक भयो भन्ने प्रश्नमा उनले चीन,भारत वा विदेशी शक्तिको ईसारामा बाम गठबन्धन नबनेको बताउदै नेपाली जनताको चाहना अनुसार बाम गठबन्धनले चुनावमा भाग लिएको बताए ।‘जनताको चाहना र म्यानडेडलाई आत्मसात गर्दै पार्टी एकता भएको हो,’उनले भने,‘अब बन्ने सरकारले देशमा विकासको लहर ल्याउँछ ।’ देउवा सरकारले जादाजादै गर्न लागेको निर्णयमा पनि नेता नेपालले आपत्ती जनाएका छन् ।उनले पत्रकार सम्मेलनमै बर्तमान सरकारले गरेको सबै निर्णय बाम गठबन्धनलाई स्वीकार्य नभएको जानकारी गराए । बर्तमान सरकारले आफुहरुसंग कुनै रायसल्लाह नगरी धमाधम नयाँ नियुक्ति सरुवा, बढुवा गर्ने काम गलत नैतिकताको उपज भएको संज्ञा दिए । बामले ल्याएको बहुमतले खुशी छैन,अब काम गर्ने बेला हो,देश एउटा संकक्रमण काल पार गरि समृद्धिको बाटोमा लम्केको पनि उनले दावी गरे । बामको नेतृत्वमा बन्ने सरकारले देशमा जरा गाडेको भ्रष्टाचारलाई कम गरी विधिको साशन र जनतालाई प्रहाव गर्ने सेवा सुविधा पनि सरलीकरण गर्ने उनको भनाई थियो ।

उनले मधेसकोलाइफलाइन मानिएको हुलाकी राजमार्गको काम पुरा गराई सो राजमार्गको आसपासमा ३० भन्दा बढि नयाँ आत्याधुनिक शहर निर्माण गर्ने अगामि सरकारको योजना भित्र रहेको उनले बताए ।कार्यक्रमको सभापतित्व प्रेस चौतारी पर्साका अध्यक्ष अनुप तिवारीले गरेका थिए