एआइजी जयबहादुर चन्दको रिटमाथिको सुनुवाइ सर्‍यो

काठमाडौं,  २९ मंसिर  । शुक्रबारका लागि तोकिएको नेपाल प्रहरीका एआइजी जयबहादुर चन्दको रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।

मन्त्रिपरिषदको निर्णयले नेपाल प्रहरीको महानिरीक्षक पदमा सिफारिस भएलगत्तै सर्वोच्च अदालतको अन्तरिम आदेशबाट आइजीपी हुन नपाएपछि चन्दले गत भदौमा रिट हालेका थिए।

उक्त रिट न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको इजलाशमा शुक्रबारका लागि पेशी तोकिएको थियो। तर ‘हेर्न नमिल्ने’ सूचीमा राखेर सुनुवाइ मिति सारिएको हो।

मर्यादाक्रममा पहिलो नम्बरमा रहेकाले प्रहरी प्रमुख आफू हुनुपर्ने दाबी गर्दै नकक्ली कार्यसम्पादन मूल्यांकन सर्वोच्चमा पेश गरेको ठहर गर्दै अनुसन्धान गरी कारबाही गर्न नवराज सिलवालको नाममा आदेश दिएको भोलिपल्ट चन्दको रिट पेशीमा चढाइको थियो तर ‘हेर्न नमिल्ने’ भनी सुनुवाइ हुन सकेन।

Promise Education Consultancy