गैँडाकोटमा तिनै तहका जनप्रतिनिधीको एकैठाउँमा छलफल: स्थानिय सबालमा सबै गंभिर

राजन खरेल, गैँडाकोट, २८ मंसिर ।
नवलपुरका ३ तहका, जनप्रतिनिधीहरु बिच आज छलफल कार्यक्रम सम्पन्न भएको छ ।

 

नेपालको संबिधान २०७२ जारी भएसंगै हालै सम्पन्न निर्वाचन पछि, तिन तहका जनप्रतिनिधी बिच गैँडाकोटमा, पहिलो पटक छलफल भएको हो । नेपाल सरकारको ३ अंग स्थानिय, प्रदेश र संघको निर्वाचन भर्खरै सम्पन्न भएको हो ।

 

भेटघाटका क्रममा नवलपुर क्षेत्र नंम्बर १ का प्रतिनिधी सभा सदस्य डा. शसांक कोईराला, प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपाली र गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल बिच भेटघाट भएको हो । भेटघाटका क्रममा गैँडाकोट नगरपालिकाको समग्र बिकास र पछिल्लो समय निम्तिएको गैँडा आतंकको स्थाई समाधानका बारे छलफल भएको थियो । गैँडाकोट नगरीलाई सुन्दर, शान्त र संमृद्ध बनाउन आफुहरु एक भएर लाग्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

 

गैँडाकोट नगरपालिकाका नगर प्रमुख पौडेलको निवासमा भएको भेटघाटका क्रममा नगर प्रमुख पौडेलले नव निर्वाचित, प्रतिनिधी सभा सदस्य कोईराला र प्रदेश सभा सदस्य नेपालीलाई बधाई ज्ञापन समेत गर्नुभएको थियो ।

निर्वाचन सकिएको केहि दिन बित्न नपाउँदै, नवलपुरको गैँडाकोटमा, दुई फरक राजनैतिक दलका जनप्रतिनिधी बिच भएको यो भेटघाटलाई सर्वोत्र अर्थपुर्ण तरिकाले हेरिएको छ ।

Promise Education Consultancy