सुनचाँदीको भाउ भाउ घट्यो

मंसिर २९ – सुनचाँदीको भाउ आज घटेको छ । सुन तोलामा २ सय रुपैयाँ घटेर तोलाको ५४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो तोलामा ४ सय रुपैयाँ बढेर ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरि घटेको हो । यस्तै चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।