चितवनमा धान उत्पादन घट्यो

चितवन, २९ मंसिर । गत वर्षको तुलनामा यो वर्ष चितवनमा धानको उत्पादनमा कमी आएको छ ।गत साउनको अन्तिम साता आएको बाढीले खेतीयोग्य जमिनमा असर पु¥याउँदा यो वर्ष धान उत्पादनको क्षेत्रफल नै घटेको थियो । जसले गर्दा यो वर्ष कम उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । गत वर्ष २९ हजार २०० हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिएका थियो भने यो वर्ष बाढीले २०० हेक्टर क्षेत्रफल जमिनमा क्षति पु¥याएको कार्यालयको तथ्यांकमा उल्लेख छ । ‘यो वर्ष बाढीले खेतीयोग्य जमिनमा असर पु¥याउँदा गत वर्षभन्दा २०० हेक्टर कम क्षेत्रफलमा मात्रै धान लगाइएकोले पनि उत्पादनमा ह्रास आएको हो,’ जिल्ला कृषि विकास कार्यालय चितवनका वरिष्ठ कृषि विकास अधिकृत सुधीर श्रेष्ठले भने ।
बाढी पहिरो सँगसँगै रोग किराको प्रकोप पनि यो वर्ष बढी भएकोले उत्पादनमा कमी आएको उनको भनाइ छ । कार्यालयको तथ्यांकअनुसार गतवर्ष एक लाख दुई हजार दुई सय मेट्रिक टन धान उत्पादन भएको चितवनमा यो वर्ष जम्मा ९७ हजार ५०० मेट्रिक टन मात्रै धान उत्पादन भएको छ । कार्यालयको तथ्यांकअनुसार गत वर्षको तुलनामा यसवर्ष ४७ हजार मेट्रिक टन अर्थात् करिब चार प्रतिशत उत्पादनमा ह्रास आएको छ । बाढीले सबैभन्दा बढी माडी क्षेत्रका खेतीयोग्य जमिनमा क्षति पु¥याएको कार्यालयले जनाएको छ ।
कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्रेष्ठका अनुसार माडी क्षेत्रमा मात्रै करिब १०० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा क्षति पु¥याएको छ । बाँकी १०० हेक्टर क्षेत्रफल पूर्वी चितवन तथा पश्चिम चितवनका खेतियोग्य जमिन रहेको उनले बताए ।
चितवनलाई धान खेतीको लागि भण्डार नै मानिन्छ । पूर्वी चितवनको पिप्ले, कठार, कुमरोज, भण्डारा, बछौलीलगायतका क्षेत्रमा बढी उत्पादन हुने गर्छ । यो क्षेत्र अन्य क्षेत्रको तुलनामा बढी सिँचित भएको क्षेत्र हो । चितवनमा प्रतिवर्ष प्रशोधित खाद्यान्नको आवश्यकता ६ हजार मेट्रिक टन हो । तर, यहाँ धान मात्रै वार्षिक करिब एक लाख हेट्रिक टन उत्पादन हुन्छ । खाद्यान्न भित्र पर्ने सबै उत्पादन हेर्ने हो भने यो तथ्यांक धेरै माथि छ । त्यसैले यहाँको उत्पादनले चितवनसहित विभिन्न पहाडी जिल्लाहरूलाई पनि धानेको छ ।
चितवनमा हुने उत्पादनको ३५ देखि ४० प्रतिशत उत्पादन साबित्री जातको धान मात्रै उत्पादन हुने कार्यालयले जनाएको छ । त्यसपछि राधा–४, हदीनाथ–१, सावा मन्सुली, रामधान ९वार०लगायतका धान पनि उत्पादन हुँदै आएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्रेष्ठले जानकारी दिए । आजको चितवन पोष्टमा खबर छ।

Promise Education Consultancy