चितवनको समानुपातिक तर्फको अन्तिम मतपरिणाम सार्वजनिक कुन दलको कती हेर्नुहोस्

चितवन, २९ मंसिर । मंसिर १० र २१ ग्ते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चितवनमा समानुपातिक तर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । समानुपातिकको प्रतिनिधि सभा र प्रदेश सभा तर्फ नेकपा एमाले पहिलो दल बनेको छ ।
एमालेले प्रतिनिधि सभा तर्फ ९१ हजार ५ सय ४ मत प्राप्त गरेको छ भने प्रदेश सभा तर्फ ८७ हजार ४ सय १३ मत प्राप्त गरेको छ । यस्तै दोस्रो दल बनेको नेपाली काँग्रेसले समानुपातिकको प्रतिनिधि सभा तर्फ ७९ हजार ५ सय ४४ मत प्राप्त गरेको छ भने प्रदेश सभा तर्फ ७५ हजार ३ सय ६० मत प्राप्त गरेको छ । यसैगरि तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र प्रतिनिधि सभा तर्फ ३९ हजार ८ सय १३ मत प्राप्त गरेको छ भने प्रदेश सभा तर्फ ४० हजार ६ सय ८७ मत प्राप्त गरेको छ ।

त्यसै गरि विवेकशील साझा पार्टीले प्रतिनिधि सभा तर्फ ९ हजार ५ सय २० र प्रदेश सभा तर्फ ९ हजार २ सय ५२ मत प्राप्त गरेको छ । राप्रपा (प्रजातान्त्रिक) चितजनमा पाचौँ भएको छ। उसले प्रतिनिधि सभा तर्फ ६ हजार ३ सय ६१ र प्रदेश सभा तर्फ ६ हजार ९ सय मत प्राप्त गरेको छ ।

यसैगरि प्रतिनिधि सभा तर्फ समानुपातिकमा ३ वटा दलले एक मत मात्र प्राप्त गरेको छ । चितवनमा कुल ३ लाख ५४ हजार ३६ मतदाता रहेका थिए भने मत सदर भएको थियो ।

Promise Education Consultancy