चितवनमा १२४ इलेक्ट्रिसियन लाई दिइयो मोडुलर स्विच बारे ज्ञान

विवेक पोख्रेल
चितवन २९  मंसिर।   विहिबार चितवनको नारायणगढमा राठीगुरुले लामो समय देखि इलेक्टि्सियन पेशामा रहेका इलेक्टि्सियन संग अन्तरक्रिया र मोडुलर स्विचको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।विहिबार चितवन र नवलपरासीका १२४ जना इलेक्ट्रियनहरुका विच १९० वर्ष पुरानो स्नाइडर इलेक्ट्रिलेले हालचालै बजारमा लिएर आएको मोडुलर स्विज,एम.सि.बी. तथा एम.सि.बी को बारेमा प्रशिक्षण गरिएको थियो।स्नाइडर इलेक्ट्रिक इन्डियन प्राइभेट लिमिटेडका एसोसिएट जर्नेल म्यानेजर नेपाल,भुटान रिटेल विजनेस् हेड् गौतम क्षेत्रीले कार्यक्रममा मल्टिनेश्नल कम्पनी स्नाइडरको उत्पादन मोडुलर स्विच र एम.सि.वि नेपालमा पहिलो पटक राठी गुरुपको सहकार्यमा लिएर आएको बताए । गौतमले इलेक्ट्रिसियनहरु लाई प्रशिक्षण गर्दै भन्नू भयो-“समयसंगैको प्रविधिको विकासले गर्दा नेपालमा पनि विद्युतक्षेत्रमा मोडुलर स्विचको आवस्यकता महसुस भएकै कारण स्विचको जगतमा लेटेस टेक्नोलोजी विश्वस्तरको उत्पादन मोडुलर स्विच र एम.सि.वि लिएर आएको बताउनु भयो।” उहाँले यो स्विच देख्दा मात्र राम्रो नभएर विद्युतभार बोक्ने क्षेमता,स्विचको आयु पनि लामो भएको बताए । यो स्विच फिर्टिङ र मर्मत दुबैको लागी सजिलो छ। यो स्विचको प्रयोग बाट विद्युत बचत समेत हुने बताए । त्यति मात्र हैन करेन्ट लाग्दा यस ब्रान्डको मोडुलर स्विच र एम.सि.वि प्रयोग गरेको छ भने मा अटोमेटिक अफ सिस्टम भएको हुदा भौतिक र मानवीय क्षेती समेत नहुने गौतम ले बताए । अहिले स्नाइडरको नेपाली बजारमा पाँच खाले मोडुलर स्विच आएको भिन्ना भिन्न विशेषता पारेमा पनि प्रोजेक्टर बाट गौतमले देखाए।स्विच बोर्डमा नै मोबाइल चार्ज गरेर राख्न सकिने व्यवस्था र आफ्नो इच्छाको रङ्ग राख्न मिल्ने त्यति मात्र नभई होटल,घर,एरपोर्टका लागि छुट्टाछुट्टै स्विज बजारमा आएको बताए । कम्पनीले अब छिटै ईन्टरनेट एप बाट पनि उपभोक्तालाई सर्भिस दिने र तस्वीर सहितको मोडुलर स्विच पनि बजारमा लिएर आउने बताउनु भयो। मोडुलर स्विच अन्य विश्व बजारमा जस्तै नेपालमा पनि उत्तिकै प्रयोग हुने र यसको जानकारी उपभोक्ता समक्ष पुराउन इलेक्ट्रिसियन हरुलाई गौतमले आग्रह गर्नु भयो। त्यस्तै राठी गुरुपका कपिल भाटीले कार्यक्रममा बोल्दै स्नाइडरको मोडुलर स्विज,एम.सि.बी. तथा एम.सि.बी तथा को प्रयोगमा इलेक्ट्रिसियन स्किम धमका समेत रहेको बताउनु भयो। आठ लाखको सामान प्रयोगमा तीस हजारको सुन,दस लाखको सामान प्रयोगमा बैंकक टुर र बाह्र लाखको सामान प्रयोगमा दुबै टुर रहेको भन्दै इलेक्ट्रिसियनहरुलाई आर्को फाइदा पनि रहेको कपिल भाटीले बताए । कार्यक्रममा राठी गुरुपका मार्केटर संजोक श्रेष्ठ राठी गुरुपका बजार व्यवस्थापक गोबिन्द प्रधानले पनि कार्यक्रममा प्रशिक्षण दिनुभएको थियो नारायणगढको ए.वि. सप्लायर्सका पकृष्ण सुवेदी ,लागीगुराँस ईलेक्ट्रिकका विष्णु चालीसे,प्रभा ईलेक्ट्रिकका काशीनाथ सापकोटा,न्यु शर्मा ईलेक्ट्रिकका लक्ष्मी पौडेल , साझा ईलेक्ट्रिकका उद्द्म गौतमको अतिथ्यतामा सम्पन्न भएको थियो।