किसान साकोस गैँडाकोटको बिस्तारित बैठक सम्पन्न, साधारण सभाको तयारी तिब्र

गैँडाकोट, २८ मंसिर ।
किसान साकोस गैँडाकोटको बिस्तारित बैठक, बिहिबार सम्पन्न भएको छ । २२ औं साधारण सभाको पुर्व सन्ध्यामा बिहिबार सो बैठक आयोजना गरिएको हो ।

 

सो अबसरमा संस्थाको संचालक समिती, विभिन्न उप–समिती, सल्लाहकार र कर्मचारीहरु बिच अन्र्तरकृया समेत भएको थियो । समारोहमा संस्था प्रबन्धक नवराज सापकोटा नविनले संस्थाले पछिल्लो चरणमा हासिल गरेका उपलब्धि र कार्य विवरण बारे जानकारी गराउनुभएको थियो ।
संस्थाले साधारण सभालाई लक्षित गरि गत मंसिर २५ गते १३ स्थानमा छुट्टाछुट्टै रुपमा मिनी साधारण सभा एबं प्रतिनिधी छनौट गरिसकेको छ । जसबाट छनौट भएका करिब २५ सय जनाले साधारण सभामा सहभागिता जनाउदैं छन् ।

 

बिहिबार सम्पन्न बिस्तारित बैठकमा संस्थाका सबै सेवाकेन्द्रका प्रमुखहरुले आफ्नो धारणा प्रस्तुत गरेका थिए । प्रतिनिधी छनौटका क्रममा सेबाकेन्द्र अन्र्तरगत उठेका विषयवस्तु बारे जानकारी गराएका थिए । यस्तै विभिन्न उप– समिती संयोजक र प्रतिनिधीहरुले आफ्नो धारणा राख्दै सुझाब पेश गरेका थिए । यसैक्रममा बक्ताहरुले सहकारीले युवा र महिला लक्षित कार्यक्रमलाई थप ब्यबस्थित गर्दै लानुपर्ने सुझाब दिएका थिए । यस्तै ब्यबसायिक कार्यक्रमको प्रभाबकारीता बारे प्रंशसा गर्दै थप नयाँ कार्यक्रम समाबेश गर्न सल्लाह दिएका छन् ।

समारोहमा संस्थाका अध्यक्ष श्रीहरि चालिसेले प्रतिनिधी छनौटका क्रममा सेबा केन्द्र प्रमुख र शेयर सदस्यहरु बाट आएका सुझाब, सल्लाहलाई मनन गरि आगामी दिनमा विभिन्न कार्यक्रम अगाडी बढाउने बताउनु भएको छ । उहाँले, बदलिदो परिबेशमा संस्थाका शेयर सदस्यलाई लाभान्वित हुने गरि संस्थाका गतिबिधी अघि बढ्ने स्पष्ट पार्नुभयो । अध्यक्ष चालिसेले संस्थाको २२ औं साधारण सभालाई भब्य रुपले सम्पन्न गर्न सबै पक्षको कृयाशिलतामा समेत जोड दिनुभयो ।
कार्यक््रममा संस्थाका पुर्व अध्यक्ष माधब प्रसाद गौतम, तिलक पराजुली र गोपाल प्रसाद गौतमले सहकारीले समुदायमा खेलेको भुमिकाको चर्चा गर्दै थप सामाजिक उत्तरदायित्व बहन गर्दै नयाँँ नयाँ कार्यक्रम ल्याउन सबै पक्षलाई आहब्बान गर्नुभएको थियो । यस्तै संस्थाका सचिब अनिल सापकोटाले नयाँ शैली, प्रयोग र प्रबिधीलाई संस्थाले आत्मसाथ गर्न लागेको जानकारी गराउनुभयो ।

करिब २९ हजार शेयर सदस्य रहेको किसान साकोसले, आगामी पौष ८ गते आफ्नो २२ औं साधारण सभा गर्न लागेको छ ।

Promise Education Consultancy