समानुपातिक मतगणना अपडेटः कुन दलको कती ?

काठमाडौं ,२८ मंसिर  ।मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभाको समानुपतिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ।

समानुपातिक मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेले २७ लाख १४ हजार ८०६ मत पाएको छ । कांग्रेसले २६ लाख २६ हजार ८९९ मत प्राप्त गर्दै एमालेलाई पछ्याइरहेको छ।

नेकपा माओवादी केन्द्रले १० लाख ८७ हजार ८७१ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ भने संघीय समाजवादी फोरम नेपालले ३ लाख ८२ हजार ४८ मत, राजपाले ३ लाख २१ हजार ९६६, विवेकशील साझा पार्टीले १ लाख ७९ हजार १९२, राप्रपाले १ लाख ७८ हजार ६०३, नयाँ शक्ति पार्टी नेपालले ७० हजार ६९१, राप्रापा प्रजातान्त्रिकले ६४ हजार ८९५ र नेमकिपाले ५० हजार ८१३ मत प्राप्त गरेका छन् ।