धादिङमा ३८ केजी गाँजासहित एक जना पक्राउ

धादिङ, २८ मंसिर । धादिङमा प्रहरीले गाँजासहित ट्रकलाई नियन्त्रमा लिएको छ । ट्रकको क्याबिनभित्र राखेर वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा ३८ किलो गाँजासहित प्रहरीले गाडी चालकलाई पक्राउ गरेको हो ।
धादिङको गजुरी गाउँपालिका वडा न. १ गजुरीबजारमा बिहीबार जाँचको क्रममा काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना २ ख ७३११ नम्बरको ट्रकमा लागुऔषध चरेशसहित गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए
२२ ओटा पोको पारेर राखिएको गाँजासहित प्रहरीले पर्सा कल्याणपुर गाउँपालिका वडा न.४ का २७ वर्षीय गाडी चालक हृदयनन्दप्रसाद महतोलाई पक्राउ गरेको होे । गाँजा बोक्ने गाडी र आरोपी यादबलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Promise Education Consultancy