तीन थान पेस्तोल र गोली भेटियो

इलाम, २८ मंसिर । इलाममा वेवारीसे अवस्थामा तीन थान पेस्तोल र गोली भेटिएको छ। इलाम नगरपालिका– ८ तिल्केनी स्थित गोरेटो बाटोको भित्तामा वेवारिसे अवस्थामा तीन थान पेस्तोल फेला परेको हो ।

बाटोको छेऊमा वेवारिसे अवस्थामा हतियार देखेपछि स्थानीयले जिल्ला प्रहरी कार्यालय इलाममा जानकारी दिएका थिए ।

इलाम जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरिक्ष रमेश बस्नेतको कमाण्डमा खटिएका टोलीले ३ थान इन्डियन पेस्तोलका साथमा ८ राउन्ड गोली समेत फेला परेको प्रहरीले जनाएको छ ।

Promise Education Consultancy