गैंडाकाटका, गैंडा पिडित किसानद्धारा सुरक्षा र राहतको माग गर्दै नगरपालिकामा प्रर्दशन

गैँडाकोट, २७ मंसिर ।
गैंडाकोट नगरपालिकाका गैंडा पिडित किसानले सुरक्षा र राहतको माग गर्दै बुधबार नगरपालिकामा प्रर्दशन गरेका छन् ।

बिगत लामो समय देखि गैँडाको आतंकबाट प्रताणित किसानहरुले गैँडा आतंक बन्द गर, किसान एकता जिन्दाबाद भन्दैं केहि बेर नाराबाजी समेत गरेका छन् ।
किसानहरुको हकहित र आतंक हटाउन भन्दै उनिहरले, नगरपालिकालाई ध्यानार्कषण गराएका हुन् । गैँडाकोट नगरपाकिलाको वडा नंम्बर ६ देखि ९ सम्मका स्थानियले गैँडा आतंकबाट मुक्तिको माग गर्दै, आन्दोलन र संर्घष गर्ने चेतावनी समेत दिएका छन् । गँैडाले आफुहरुले खेतबारीमा लगाएको मकैं, गहुँ, तरकारी लगायतका अन्न नोक्सानी पुर्याउदैं आएको भन्दै नगर प्रमुख छत्रराज पौडेललाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

बिगत देखि आफुहरु गैँडाबाट पिडित बनिरहेकाले अभिलम्ब सुरक्षाको प्रत्याभुती दिलाउन समेत माग गरेका छन् । जबाफमा गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले अभिलम्ब निकुञ्ज प्रशासन संग समन्वय गरि समाधान खोज्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले राष्ट्रिय निकुञ्ज र बन संग जोडिएको सबाल भएकाले स्थानिय निकायले विभिन्न निकायसंग समन्वय गर्दै निकास दिन अभिलम्ब लाग्ने विश्वास ब्यक्त गर्नुभयो ।

यस्तै नव निर्वाचित प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपालीले आफुले समस्या समाधान गर्न प्रयास गर्ने धारणा राख्नुभएको छ । गैँडाकोटका नगरबासीको पिडा आफुले नजिकबाट बुझेकाले आफुले नगरबासीको पक्षमा कामगर्ने प्रतिबद्धता जनाउनुभयो ।

यसैबिच पिडित किसानहरुले, समाधानका लागी भन्दै एक संघर्ष समिती समेत निर्माण गरेका छन् । जसको संयोजकमा चन्द्र प्रसाद सापकोटा रहनुभएको छ । उनिहरुले अभिलम्ब समस्या समाधान नगरिए ,चरणबद्ध रुपमा विभिन्न आन्दोलनका कार्यक्रम गर्ने समेत जानकारी गराएका छन् । गैँडाकोटका दक्षिणी भुभागमा बिगत देखि गैँडाले स्थानियलाई त्रसित बनाउने र अन्नबालीमा नोक्सानी पुर्याउदैं आएको छ । पटक पटक सम्बन्धित निकायमा ध्यान दिदाँ पनि दिर्घकालिन समस्या समाधान नभएपछि सो क्षेत्रका स्थानियले पिडा खेप्दैं आईरहेका छन् ।