गैंडाकोट नगरपालिकासंग साझाँ अबधारणा बनाएर बिकास गर्ने: प्रचण्ड

गैँडाकोट, २८ मंसिर ।पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले गैडाकोट र भरतपुर महानगरपालिका बिच संयुक्त रुपमा एकिकृत बिकास कार्यक्रम संचालन गर्न आफु आतुर भएको बताउनुभएको छ । बिहिबार प्रचण्ड निवास चितवनमा गैडाकोटका नगर प्रमुख सहितको टोली भेटघाटका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

चितवन र गैंडाकोटको निकटतम सम्बन्ध रहेकाले यस क्षेत्रलाई बिकासका दृष्टिकोणले साझाँँ अबधारणा बनाएर अगाडी बढ्ने जानकारी दिनुभयो । गैँडाकोट नगरपालिकाले नारायणी नदि किनारलाई पर्यटकिय क्षेत्र बनाउदै, ब्यबस्थित तटबन्धन बनाउने कार्यक्रमलाई आफुले सहयोग गर्ने प्रचण्डले प्रतिबद्धता जनाउनुभएको छ । चितवन र गैडाकोट नारायणी नदिले छुट्टाएको भएपनि भावनात्मक रुपमा अत्यन्त प्रगाढ सम्बन्ध रहेको बताउदै, उहाँँले आफु चितवनबाट प्रतिनिधी सभा सदस्यमा बिजयी भएपनि नवलपुरलाई सगैं लिएर अगाडी बढ्ने धारणा राख्नुभयो ।

 

चितवन क्षेत्र नंम्बर ३ मा प्रचण्ड, विजय भएसंगै पुर्व प्रधानमन्त्रि समेत रहेका दाहाललाई गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल सहितको टोलीले बिहिबार बधाई ज्ञापन गरेकोे हो । सो क्रममा नवलपुर क्षेत्र नंम्बर १.१ का बाम गठबन्धनबाट प्रदेश सभा सदस्य उम्मेद्वार सुर्य प्रसाद न्यौपाने, गैडाकोट नगरपालिकाको नगरप्रमुखको सचिवालय प्रमुख लक्ष्मि प्रसाद सोती लगायतले प्रचण्डलाई बधाई ज्ञापन गरेका थिए ।

Promise Education Consultancy